English

झिनो अंकले बढ‍्यो सेयर बजार



सेयर बजार झिनो अंकले बढेको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स १.१५ प्रतिशतले बढेर ३६३.९७ विन्दुमा अडिएको छ। नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। सोमबार ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको सेयर कारोबार भयो।

आइतबार १ अर्ब १५ करोड ७१ लाख बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक २७.५४ अंकले घटेको थियो। आज २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँमा खरिदबिक्री भयो।

एउटा मात्रै कम्पनीको सेयर १० प्रतिशतले बढ्‍यो। धवलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। खप्तड लघुवित्त वित्तीयको ६.०८ प्रतिशतले बढ्यो।

आज कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक बढ्यो भने ४ को घट्यो। डेभलपमेन्ट बैंक, फाइनान्स, होटल्स एन्ड टुरिजम, इन्‍भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो,म्चुअल फन्ड, नन लाइफ इन्स्योरेन्स र अदर्शको सूचक सकारात्मक देखिएको हो।

यस्तै बैंकिङ, हाइड्रोपावर, माइक्रो फाइनान्स र ट्रेडिङ समूह सूचक भने ओरालो लागेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।