English

फुटेको ओठलाई यसरी बनाउनुहोस् सुन्दर



मान्छेहरूको अङ्गहरूमध्ये ओठ एक संवेदनशील र महत्त्वपूर्ण अङ्ग हो । यो पातलो छालाबाट नरम बनेको हुन्छ । जसका कारण ओठमा धेरै पटक फरक नजर पर्छ ।

कहिले मौसम बदल्नाले त कहिले पोषणको कमीले गर्दा छालामा नराम्रो प्रभाव पर्न जान्छ । छाला मात्र नभई जाडोमा ओठ ड्राई हुन थाल्छ । ओठ फुट्ने समस्या मौसम बदलिँदा ओठ फुट्ने गर्छ ।

खास गरी, जाडोको समयमा ओठ फुट्ने समस्या बढी हुने गर्छ । आउनुहोस् हामी केही तरिकाहरू बताउँछौँ जसको मद्दतले ओठ फुट्ने समस्याबाट मुक्त भई तपाईँको ओठलाई नरम राख्न मद्दत गर्छ ।

बेसार

यदि, धेरै ओठ फुटेको छ र रगत पनि आएको छ भने दुई चिम्टी बेसारमा चार चम्चा दूध मिलाएर ओठमा दैनिक सुत्नुअघि ओठमा लगाएर सुत्नुपर्दछ । यसो गर्नाले तपाईँको ओठ फुट्नबाट बचाउन सकिन्छ ।

नरिवल र मह

एक चम्चा नरिवलको तेलमा एक चम्चा मह दुई चम्चा ब्राउन सुगर र आधा चम्चा तातो पानी मिलाएपछि गाढा पेस्ट तयार हुन्छ । त्यसपछि यो मिश्रणलाई ओठमा लगाई ५ देखि १० मिनेटसम्म लगाएर धोएमा ओठ फुट्नबाट जोगिन्छ ।

सुन्तलाको बोक्रा

तपाईँले सबैभन्दा पहिला सुन्तलाको बोक्रालाई सुकाएर पाउडर बनाउनुपर्दछ । त्यसपछि, दुई चम्चा सुन्तलाको धुलोलाई, दुई चम्चा ब्राउन सुगर र बदामको तेल मिलाई गाढा मिश्रण तयार गर्नुपर्छ । यसरी बनेको पेस्टलाई ओठमा लगाई केही समयपछि तातो पानीले सफा गर्नुपर्दछ ।

यो पनि…
प्राकृतिक चियाले तीन हप्तामा कपाल झर्न रोक्छ
सानै उमेरमा कपाल सेतो हुन्छ ? अपनाउनुहोस् यी आयुर्वेदिक विधि



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्