यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको छ।
बुधबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ २० पैसा र बिक्रीदर १३२ रूपैयाँ ८० पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५६ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ २९ पैसा र बिक्रीमा १४० रुपैयाँ ९३ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ७ पैसा घटेको हो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ ४० पैसा र बिक्रीमा ९० रुपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७२ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३० रुपैयाँ ११ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ४२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ७७ पैसा तोकिएको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात