निषेधाज्ञाको मार
काठमाडौं छोड्नेको लर्को (ड्रोन भिडियो/तस्विर)
सरकारले यही बिहीबारबाट काठमाडौं उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । योसँगै काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । दैनिकजसो ३९ हजार यात्रु काठमाडौंबाट बाहिरिने गरेकोमा सोमबार यो संख्या बढेर ५५ हजार ५ सय ५७ पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।


नयाँ बसपार्कमा मेरो लाइफस्टाइलको टीम पुग्दा त्यहाँ घर जानेको भीड दशैँ तिहार बेलाको भन्दा धेरै देखिन्थ्यो । त्यहीँ भेटिएका नरबहादुर बुढा जुम्ला जान लागेका थिए । उनले सोमबार टिकट पनि काटे । तर कुन गाडी कहाँ आउँछ भन्ने कुरा उनलाई थाहा छैन ।

डडेल्धुराका रघुवीर पनि टिकट नपाएर तनावमा छन् । ‘सिटै छैन, क्याबिनमै बसेर भएपनि जानुपर्ला’ उनी भन्छन् ।

ज्यामी काम गर्ने एक महिला कालीकोट जाने भन्दै बसपार्क पुगेकी थिइन् । एउटा बच्चा बोकेर र अर्को बच्चा हातले डोर्याउँदै उनी त्यहाँ घुमिरहेकी थिइन् । उनले घर जान टिकट नपाएको गुनासो पोखिन् ।
विराटनगर जान लागेका दिपक दाहाल सरकारले गरेको निषेधाज्ञामा सन्तुष्ट छैनन् । यसअघि कुनै योजना नबनाइ निर्णय गरेको सरकारले पुनः दोहोर्याएको बताउँछन् ।

ज्यामी काम गर्ने एक महिला कालीकोट जाने भन्दै बसपार्क पुगेकी थिइन् । एउटा बच्चा बुईमा र अर्को भूईंमा डोर्याउँदै उनी त्यहाँ घुमिरहेकी थिइन् । उनले पनि घर जान टिकट पाइनन् ।

एन्सन जंग रोका रुकुम जान लागेका थिए । तर काउण्टरले लापरवाही गरेको उनी बताउँछन् । उनले एउटा सिटको टिकट तीन जनालाई दिएको गुनासो पोखे ।


नयाँ बसपार्क सामान र यात्रुले भरिभराउ छ । मुखमा मास्क लगाएर घाममा टिकट काट्नेहरुको लर्को छ त्यहाँ । तिनीहरु एकाबिहानैदेखि लाइनमा छन् ।

टिकट काउण्टरमा बसेका मिलन लामा पछिल्लो दुई दिन यता गाउँ फर्किनेको संख्या धेरै रहेको बताउँछन् । उनी भन्छन्, ‘मानिसको भीडको कुरै नगरौँ, दशैं तिहारको भन्दा धेरै आएका छन्, गाडी पाइएको छैन, सिट सबै प्याक भइसके ।’


नयाँ बसपार्क सामान र यात्रुले भरिभराउ छ । मुखमा मास्क लगाएर घाममा टिकट काट्नेहरुको लर्को छ । तिनीहरु एका बिहानैदेखि लाइनमा छन् । कसैले झिटी गुण्टा नै लिएर हिँडेका छन् भने कति त बाइक नै गाडीको छतमा राखेर गाउँ जान लागेका छन् । यसरी गाउँ जानेको लर्को नयाँ बसपार्कमा टन्नै छ ।


