English

औपचारिक कार्यक्रमको ढर्रा त्यागौँ : सांसद पौडेल



राष्ट्रिय सभाका सांसद डा. बिमला राई पौडेलले औपचारिक कार्यक्रमको पुरानो ढाँचालाई त्याग्दै प्रेस काउन्सिल नेपालले बेग्लै शैली अपनाएको भन्दै प्रशंसा गरेकी छन् ।

खासगरी सरकारी कार्यक्रम आयोजना हुँदा मञ्चलाई बोझिलो बनाएको, अतिथि वक्ता बढी राखी विषयवस्तुमा कम छलफल हुने गरेको भन्दै उनले सबैले छरितो ढङ्गले कार्यक्रम गर्नुपर्ने सुझाव राखिन् ।

‘यहाँ मैले कुनै मञ्च पनि देखिनँ, कुनै प्रमुख अतिथि र अतिथिहरूको लावालस्कर पनि देखिनँ । बोल्ने र सुझाव दिने सबै बराबरी र आमनेसामने पाएँ । हामी सबैले यस्तै गरौँ, पुरानो ढर्रा त्यागौँ’, लैङ्गिकमैत्री नीति निर्माण सम्बन्धमा मङ्गलवार काउन्सिलले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा सांसद पौडेलले भनिन् ।

कार्यक्रममा सहभागी वक्ता सांसदहरू, विज्ञ, सञ्चारकर्मी, सरोकारवाला सबैलाई समान ढङ्गले राखिएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं सांसद सोविता गौतम, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले विषयवस्तुमाथि बोलेका थिए ।

सांसद थापाले प्रेस सम्बद्ध ऐन, कानुन, नियमावली र निर्देशिका परिमार्जनका लागि काउन्सिलले पहल लिनुपर्ने, त्यसमा संसदमा रहेर आफूहरूले प्रभावकारी भूमिका खेल्ने बताए ।

सांसद पौडेलले मिडियालाई जिम्मेवार नबनाई अहिलेको समस्या समाधान नहुने सुझाव राखिन् । सांसद गौतमले नयाँ संसदमा सञ्चार प्रबद्र्धनका लागि प्रभावकारी भूमिका खेल्ने दृढता राखिन् ।

यो पनि…
प्रेस काउन्सिलको ध्यान सामाजिक सञ्जालतिर
प्रेस काउन्सिलले वस्तुगत र विषयगत विधिमार्फत अनुगमन गर्ने



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा