English

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२२ (फोटो फिचर)



राजधानीमा २०औ काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२२ सोमबार सम्पन्न भएको छ । पाँच दिने फेस्टिभलमा दर्शक तथा चलचित्र प्रेमीहरूले विभिन्न ३० देशका ६० वटा फिल्महरू हेर्ने मौका पाए ।

फेस्टिभल निर्देशक रम्यता लिम्बु

फेस्टिभलमा भारतीय निर्देशक प्रकाश झाले अभिनय गरेका फिल्म ‘मटो कि साइकल’ को विशेष प्रदर्शन गरिएको थियो । उक्त फेस्टिभलमा ‘नेपाली चलचित्र को भविष्य’ विषयमा चलचित्र कर्मीहरू किरण भक्त जोशी, सुरक्षा पन्त, प्रदीप भट्टराई र अविनाश शाहले रोचक छलफल गरेका थिए भने सेवा भट्टराइको सहजीकरण रहेको थियो ।

नायिका सुरक्षा पन्त र जुरी सदस्य किरण भक्त जोशी

फेस्टिभलमा प्रख्यात फोटोग्राफर मणि लामाको बौद्धनाथका उत्कृष्ट तस्विरहरुको पनि प्रदर्शनी गरिएको थियो । यस फेस्टिभलका जुरी सदस्यहरू जर्मनीबाट माइकल पज, नेपालका किरण भक्त जोशी र दक्षिण कोरियाका जिना लि थिए । फेस्टिभलमा ‘बाघको बङ्गारा’, ‘आग्रे’, ‘अ ह्वाइट ड्रिम’ लगायतका फिल्महरू पुरस्कृत भएका छन् ।

आग्रे का निर्देशक अनिल बुढामगर
बाघ को बङ्गारा निर्देशक कमल कुमार र निर्माता विद्या चापागाईँ
मणि लामाको फोटो प्रदर्शनी
जुरीका सदस्यहरु
शेखर खरेल र प्रो अभि सुबेदी
दर्शकहरू, सिटी हलमा

यो पनि…
महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन (फोटो फिचर)
फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक (फोटो फिचर)



सम्बन्धित खबरहरु

नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापा भर्खरै मात्र टाढा भएनी भन्ने गीत सार्वजनिक गरेकी छिन्। उनी शास्त्रीय संगीतको सँगसँगै

जेनजी युवा पुस्ताद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरुको शव अन्तिम संस्कारका लागि

भाद्र २९, नेपालगञ्ज ६१औं राष्टिय बाल दिवसमा जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने ब्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरिएको

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested