English

मर्यादित महिनावारी दिवसमा ‘हाइब्रिड सम्मेलन’



डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रूपमा मनाउन थालिएको हो ।

यस वर्ष लगभग ६० वटा राष्ट्रले ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ भन्ने मूल नाराका साथ चौथो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस विश्वव्यापी रूपमा मनाएका छन् । त्यसैसरि नेपालमा विभिन्न सरकारी निकाय तथा सरोकारवालाहरूले सात वटै प्रदेशमा मर्यादित महिनावारीलाई केन्द्रित बनाएर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएका छन् ।

यसैबीच राधा पौडेल फाउन्डेसनले एड्स हेल्थ केयर फाउन्डेसन, शीतल मिडिया घर प्रा.लि, र मोगुल मिडिया हाउसको सहयोगमा चौथो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा आयोजित ‘हाइब्रिड सम्मेलन’ कार्यक्रम समापन गरेको छ । सोही सम्मेलनमा मर्यादित महिनावारीका विज्ञ राधा पौडेलले लैङ्गिक हिंसा अन्त्यका लागि मर्यादित महिनावारीको आवश्यकता विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।

उक्त सम्मेलनमा एड्स हेल्थ केयर फाउन्डेसनका एसिया ब्युरो चिफ डा. सरथ चिमले lnaugural Remarks पेस गरेका थिए । साथै लोरेटा वोङ्ग (ए. एच. एफ) मोन श्री का (ए. एच. एफ, कम्बाडिया), जुलियन इलेनिया पाल्मारियो तुम्बाली (ए. एच. एफ, फिलिपिन्स), अनाही रोड्रिगेज (मेक्सिको), असिम्वी ब्रिडजेट (युगाण्डा), यानो रोकोह कामाराले विभिन्न देशलाई प्रतिनिधित्व गर्दै आफ्नो टिप्पणी प्रस्तुत गरेका थिए ।

मर्यादित महिनावारी दिवसलाई लक्षित गरी दक्षिण गोलार्द्धीय महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनले भिडियो र मिडिया कल पुरस्कार प्रतियोगिता आयोजना गरेको थियो । विभिन्न देशबाट २०० जना भन्दा बढीको उपस्थिति रहेको उक्त सम्मेलनमा लामो समयदेखि मिडिया पार्टनरको रूपमा रहेको नेपाल एफ. एम नेटवर्क र मेन च्याम्पियनको रूपमा समीर परियारलाई सम्मान गरिएको थियो ।

यो पनि…
‘मर्यादित महिनावारी र रजनोबृत्ती जीवनको महत्त्वपूर्ण विषय हुन्’
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।