English

मस्तिष्क स्वस्थ राख्नका लागि यी खानेकुरा खानुहोस्



शारीरिक रूपमा हामी स्वस्थ हुन धेरै किसिमका शारीरिक कसरत गर्छौ भने शरीरलाई हुने किसिमले धेरै किसिमका खानेकुराहरू खाने पनि गर्छौ । शरीर जति कै मानसिक रूपमा पनि स्वस्थ हुनु जरुरी छ । शारीरिक रूपमा जस्तै मानसिक रूपमा पनि स्वस्थ भयौँ भने हामीलाई धेरै किसिमका तनावहरूले सताउँदैन ।

मानसिक रूपमा स्वस्थ बनाउने केही खानेकुराहरूलाई तपाईँले आफ्नो खानपिनमा नियमित समावेश गर्नु भयो भने तपाई धेरै किसिमका तनावबाट मुक्त समेत हुनुहुनेछ ।

दही

दहीले हाम्रो पाचन शक्तिलाई बलियो बनाउँछ भन्ने कुरा धेरैलाई थाहा छ । दहीको सेवनले हाम्रो मानसिक स्वास्थ्यलाई पनि प्रभावित पार्छ । नियमित खानपिनमा दहीलाई समावेश गर्दा तनाव र चिन्ता बिस्तारै कम हुँदै जान्छ । यदि तपाईँलाई स–सानो कुरामा पनि रिस उठ्ने, झर्किने र मुड अफ हुन्छ भने दहीलाई नियमित जसो सेवन गर्दा यस्ता किसिमका समस्याहरू हट्दै जान्छ ।

अण्डा

अण्डामा पाइने केही पोषक तत्त्वहरूले मानसिक स्वास्थ्यलाई राम्रो गर्न धेरै नै मद्दत गर्छ । अण्डामा पाइने फोलिक एसिड, बायोटीन, कोलाइन आदिले मस्तिष्कका कोशिकाहरूको विकास गर्न मद्दत समेत गर्छ ।

हरियो तरकारी

हरियो तरकारीहरू शारीरिक स्वास्थ्यको लागि मात्र नभएर मानसिक स्वास्थ्यका लागि पनि धेरै नै उपयोगी मानिन्छ । आफूले खाने खानपिनमा नियमित जसो सागसब्जीलाई समावेश गरेर खानुहुन्छ भने संस्मरण क्षमता कम हुने डिमेन्सिया जस्तो मानसिक समस्या पनि कम हुदैं जान्छ । हरियो सागसब्जीको नियमित सेवनले मस्तिष्कका कोशिकाहरूलाई सक्रिय बनाइराख्छ ।

सुकेको फलफूल

सुकेको फलफूल अर्थात् ड्राई फ्रूट्स वा नट्स जस्ता किसिमका खानेकुराहरूमा म्याग्नेसियम, सेलेनियम र तामा प्रचुर मात्रामा पाइन्छ । यस्ता किसिमका खानेकुराहरूको नियमित सेवनले मस्तिष्कलाई सक्रिय बनाउन धेरै मद्दत गर्छ ।

डार्क चकलेट

डार्क चकलेटमा पाइने कोकोले मस्तिष्कको रक्तसञ्चार बढाउन मद्दत गर्छ । मस्तिष्कमा रक्तसञ्चारको प्रवाह बढेपछि मस्तिष्क सक्रिय समेत हुन्छ । यसका पाइने फ्लेवेनाइडले मस्तिष्कलाई जवान राख्नुका साथसाथै मस्तिष्कका कोशिकाहरूको क्षतिलाई कम गर्छ ।

यो पनि…
निद्राको कमीले स्वास्थ्यमा असर पर्न सक्छ
दौडनुअघि जान्नुहोस् यी १० नियम



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्