English

तीन सहरमा गल्फ लुब्रिकेन्टको नयाँ शोरुम



ग्राहकलाई उच्च सेवा प्रधान गर्ने उद्देश्यले गल्फ लुब्रिकेन्टले देशका तीन मुख्य सहरमा नयाँ शोरुमहरु सञ्चालनमा ल्याएको छ । नेपालमा ३८ वर्ष लामो यात्रा बोकेका प्रख्यात र सबैभन्दा सर्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्ट का उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो ।

नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारिक बिक्रेता जैसवाल त्रेदिंग कन्सर्न, नारायणघाटमा आशीर्वाद अटो त्रेदिंग र हेटौँडामा आफ्नो आधिकारिक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उद्घाटन गरेको छ ।

उक्त शोरुमहरूको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक श्री करण चौधरीले गरेका हुन् । उद्घाटनमा बोल्दै चौधरीले भने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो। उत्कृष्ट Performance र Unmatched Quality का कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरूको माझ निकै लोकप्रिय र विश्वसनीय बनेको हो ।’

‘यो नयाँ उच्चस्तरीय शोरुम हरूबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरू ग्राहक माझ उपलब्ध गराउने छौँ र ग्राहकले पनि उच्चस्तरीय लुब्रिकेन्त प्रयोग गर्न पाउने छन्। गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको छ । हामीले आगामी दिनहरूमा नेपालभर थप शोरुमहरू खोल्दै छौँ, जसबाट देशका कुना कुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउन सक्नुहुनेछ ।’ नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गङ्गा राज भट्टराई बताउँछन् ।

यो पनि…
टाटाका विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा व्यवस्था
नेपाली पात्रोको नयाँ रेडियो अपडेट हेर्नु भयो ?



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्