English

यो हो संसार कै डरलाग्दो पुल



संसारमा यस्ता पुलहरूको कमी छैन जुन आफैँमा धेरै विशिष्ट छन्। यी मध्ये केही पुलहरू यस्ता पनि छन् जसलाई विश्वकै सबैभन्दा खतरनाक पुल मानिन्छ । यस्तै एउटा पुल चीनको हुनान प्रान्तमा बनेको छ । जसलाई विश्वकै सबैभन्दा खतरनाक र डरलाग्दो पुलहरूमा गनिन्छ। यो पुलमा जान त टाढाको कुरा, देख्ने बित्तिकै मानिसको होस उड्छ ।

यो पुललाई विश्वको सबैभन्दा खतरनाक स्काईवाकमा पनि गनिन्छ । जुन सन् २०१६ मा सर्वसाधारणका लागि खुला गरिएको थियो । यो पुलको नाम ‘कोइलिङ ड्रागन क्लिफ’ हो । यसलाई ‘मृत्युको पुल’ भने पनि गलत हुनेछैन, किनकि यहाँ अलिकति गल्तीले पनि मृत्यु हुन सक्छ । यो पुलमा हिँड्ने हिम्मत कमैले गर्छन् । तर, रोमाञ्चक मनोरञ्जन मन पराउनेहरू यस पुलमा हिँड्न पुग्छन्।

यो पुल दुई पहाडको बिचमा रहेको छ । यस पुलको डिजाइन जेड कपासबाट प्रेरित छ। यसको बनावट घुमाउरो छ, जुन चीनमा सौभाग्यको प्रतीक मानिन्छ। यो तीन वटा झुकेका पुलहरू जोडेर बनाइएको हो। चीनको यो पुल विश्वको सबैभन्दा लामो र अग्लो पुल हो ।

यो पुल इजरायली आर्किटेक्ट हैम डोटनले डिजाइन गरेका हुन्। मानिसहरू यहाँ बन्जी जम्प गर्न वा जिप लाइन चलाउन पनि आउँछन्। सन् २०२० मा पोर्चुगलमा पनि यस्तै पुल खोलिएको थियो। यसअघि २०१८ मा चीनले हङकङदेखि मकाउसम्म ३४ माइल लामो १५ अर्बको पुल खोलेको थियो। जुन अहिलेसम्म बनेको सबैभन्दा लामो समुद्री पार पुल हो।

यो पनि…
बेहुली होइन, यहाँ विवाहपछि बेहुला अन्माइन्छ !
जसको सन्तान २०० भन्दा बढी थिए



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested