English

हिटर बालबालिका र बृद्धबृद्धाको स्वास्थ्यका लागि खतरनाक



जाडोमा रुम हिटरको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यसले अक्सिजनको कमी, सास फेर्न गाह्रो हुने र छालाको समस्या निम्त्याउन सक्छ।

मानिसहरू जाडोमा आफूलाई न्यानो राख्नको लागि रुम हिटरको सबैभन्दा धेरै प्रयोग गर्छन् । चिसो हावाको प्रभाव कम गर्न अधिकांश घरमा रुम हिटर जडान गरिन्छ । विशेष गरी वृद्ध वृद्धा र बालबालिकालाई चिसोबाट जोगाउन रुम हिटर जडान गरिन्छ, जसले गर्दा चिसोको प्रभावलाई कम गर्न सकिन्छ । धेरैजसो हिटरहरूमा रातो तातो धातुको रड वा सिरेमिक कोर हुन्छ जसले तातो हावा निकाल्छ। तर के तपाईँलाई थाहा छ हिटरबाट निस्कने तातो हावाले तपाईँको छालालाई सुख्खा र रातो बनाउन सक्छ ? वास्तवमा, तातो हावाले कोठामा रहेको आसीलोपनलाई सोस्छ, जसका कारण छाला र श्वासप्रश्वासको समस्या बढ्छ। जसका कारण घरमा अक्सिजनको मात्रा पनि कम हुन थाल्छ, जुन कहिलेकाहीँ घातक पनि हुन सक्छ । यस्तो अवस्थामा हिटर प्रयोग गर्नुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ।

हिटरले आर्द्रता घटाउँछ

यदि तपाईँको घरमा हिटर पूरा समय चल्छ भने, यसले हावामा रहेको आर्द्रता कम गर्छ। जुन कोठामा हिटर चल्छ त्यसले त्यहाँ रहेको प्राकृतिक आर्द्रता सोस्छ। जसका कारण छाला सम्बन्धी समस्या हुन सक्छ । तपाईँको छाला सुख्खा, नराम्रो वा रातो हुन सक्छ। तपाईँलाई छालामा चिलाउने समस्या पनि हुन सक्छ। यदि बच्चाको कोठामा हिटर अन छ भने, यसले बच्चाको छाला र नाकमा क्षति पु¥याउन सक्छ। यसले बच्चाको छालामा दाग पनि आउन सक्छ।

हिटरले विषाक्त ग्यास बढाउन सक्छ

धेरैजसो हिटरले कार्बन मोनो अक्साइड जस्ता प्रदूषकहरू छोड्छ, यसले बच्चाको मस्तिष्क र अन्य अङ्गहरूलाई क्षति पु¥याउन सक्छ। लामो समयसम्म कोठामा हिटर राख्दा पनि वृद्ध वृद्धाको स्वास्थ्यमा असर पर्छ । दमका बिरामीहरूका लागि हिटर खतरनाक हुन सक्छ। उनीहरूलाई सास फेर्न गाह्रो हुने वा यससँग सम्बन्धित अन्य समस्या हुन सक्छ।

आकस्मिक दुर्घटना पनि हुन सक्छ

बन्द कोठामा रातभर हिटर चलाउँदा अक्सिजनको स्तर कम हुन्छ। जसका कारण सास फेर्न गाह्रो हुने वा मृत्यु समेत हुनसक्छ । यदि तपाईँ फलामको हिटर प्रयोग गर्नुहुन्छ भने, यो धेरै तातो हुन्छ। यस्तो अवस्थामा जल्ने खतरा हुन्छ। कन्ट्याक्ट लेन्स लगाउने वा चस्मा लगाउने मानिसहरू हिटरबाट टाढा रहनुपर्छ। यसका कारण तपाईँको आँखामा क्षति पुग्ने खतरा हुन्छ ।

यो पनि…
भिटामिन ‘डी’ को कमी हुँदा देखिने लक्षण
उठ्ने बित्तिकै भुलेर पनि नगर्नुस् यी कुरा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।