English

राति ढिलो सुत्नुको साइड इफेक्ट



आजको व्यस्त जीवनमा मानिसको जीवनशैली फरक भएको छ । हाम्रो खानपान र जीवनशैलीमा धेरै परिवर्तन आएको छ । हाम्रो खाने र सुत्ने समयमा पनि परिवर्तन भएको छ । अहिले धेरै मानिसहरू राति अबेरसम्म जाग्राम बस्ने र बिहान ढिलो उठ्ने गर्दछन् । यस्तो अवस्थामा खानाले तपाईँको स्वास्थ्यलाई असर गर्छ । त्यसैगरी, यदि तपाई पर्याप्त निन्द्रा पाउनुहुन्न भने, यसले पनि तपाईँको स्वास्थ्यमा गहिरो असर गर्छ। पर्याप्त निद्रा नपाउँदा निद्रा चक्रमा बाधा पुग्छ र विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

तौल बढ्ने

ढिलो सुत्ने हो भने उठ्न पनि ढिलो हुने निश्चित छ । यस्तो अवस्थामा निद्राको चक्रको साथसाथै तपाईँको आहार चक्र पनि पूर्ण रूपमा बिग्रन्छ । जसका कारण तपाईँको तौल पनि बढ्न सक्छ जसले गर्दा तपाईँले मोटोपनको सामना गर्नुपर्ने हुनसक्छ ।

उच्च रक्तचाप

निद्राको चक्र बिग्रनुको असर मेटाबोलिज्ममा पनि देखिन्छ। शोधकर्ताहरूले आफ्नो अध्ययनमा राती अबेरसम्म जाग्ने व्यक्तिलाई रक्तचापको समस्या हुनसक्ने पत्ता लगाएका छन् । यस्तो अवस्थामा पर्याप्त सुत्नु निकै जरुरी हुन्छ ।

डिप्रेसन

एक अनुसन्धानले देखाएको छ कि यदि व्यक्तिले पर्याप्त निन्द्रा पाउँदैन भने, उसको मुड डिसअर्डर हुन सक्छ। यस्तो अवस्थामा व्यक्तिले पछि क्लिनिकल डिप्रेसनको सामना गर्नुपर्ने हुन सक्छ। यो खतराबाट बच्नको लागि, तपाईंले आफ्नो निद्रा चक्रमा विशेष ध्यान दिनुपर्छ।

स्तन क्यान्सर

यदि महिलाहरू अबेरसम्म जाग्राम बस्छन् भने उनीहरूलाई स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । किनभने यसरी तपाईँको जीवनशैलीमा धेरै परिवर्तन आउँछ । यस्तो अवस्थामा तपाईँले पर्याप्त निन्द्रा पाउन प्रयास गर्नुपर्छ ।

यो पनि…
भिटामिन ‘डी’ को कमी हुँदा देखिने लक्षण
उठ्ने बित्तिकै भुलेर पनि नगर्नुस् यी कुरा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।