English

महिलाले पाँच दिनसम्म लुगाविना बस्नु पर्ने



संसारभर विभिन्न परम्पराहरू हुन्छन्, त्यी मध्ये केही यस्ता छन् जसको बारेमा सुन्दा जो कोहीलाई अनौठो लाग्नेछ। हामी तपाईँलाई भारतको यस्तै एउटा परम्पराको बारेमा बताउन गइरहेका छौँ । यो परम्परा यहाँ शताब्दीयौंदेखि चल्दै आएको छ। वास्तवमा, हामी हिमाचल प्रदेशको मणिकर्ण उपत्यकाको बारेमा बताइरहेका छौँ, यहाँको परम्परा अनुसार महिलाहरूले पाँच दिनसम्म बिना कपडा बस्नुपर्छ। यो किन गरिन्छ भन्ने बारे पनि हामी बत्ताउनेछौँ। यो चलन कुनै नौलो होइन तर यहाँका महिलाहरूले शताब्दीयौंदेखि पालना गर्दै आएका छन् ।

यो अनौठो परम्परा पिनी गाउँमा खेलिन्छ

हिमाचल प्रदेशको मणिकर्ण उपत्यकामा अवस्थित पिनी गाउँमा यो परम्परा पालना गरिन्छ। यस गाउँमा महिलाहरू वर्षमा ५ दिनसम्म लुगाविना बस्छन् । यस परम्पराको विशेष कुरा के हो भने महिलाले यो परम्परालाई पालन गर्दा कुनै पनि पुरुषको अगाडि आउँदैनन् ।

यो परम्परा साउन महिनामा गरिन्छ

यो परम्परा साउन महिनामा गरिन्छ । यो चलन पुर्खादेखि चल्दै आएको भनिन्छ । मान्यता अनुसार आज पनि यस गाउँकी महिलाले यो परम्परा पालना नगरेमा उनको घर अशुभ हुन्छ । त्यसैले यो परम्परालाई पालना गरिएको हो । कतिपय मानिसहरू यो पनि विश्वास गर्छन् कि केही वर्ष पहिले सुन्दर लुगा लगाएकी महिलाहरू लाई दानवले लैजान्थे, जसलाई यस गाउँका देवताहरूले अन्त्य गरिदिएका थिए।

लहुआ देवता गाउँ आउँछन् !

मान्यताका अनुसार लाहुआ देवता अझै पनि यस गाउँमा आउँछन् र दुष्टसँग लड्छन्। साउनका यी ५ दिनमा गाउँमा मानिसहरू हाँस्न बन्द हुन्छन् र रक्सी, मासु जस्ता दुष्टता पनि यहाँ रोकिन्छन् । यस अवधिमा महिलाहरू संसारबाट अलग रहन्छन्। तर, अहिले नयाँ पुस्ताले यो परम्परालाई अलि फरक तरिकाले पछ्याइरहेका छन् । आजका महिलाहरू यी ५ दिनमा कपडाको सट्टा धेरै पातलो लुगा लगाउँछन्।

यो पनि…
यी हुन् विश्वका अचम्मका अन्तर्राष्ट्रिय सिमाना
यी हुन् विश्वका अचम्मका ठाउँ



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।