English

सेयर बजारको ओरालो यात्रा कायमै



साताको पहिलो कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १ अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा यस दिन २२५ स्टकको १८ हजार ४५ पटकको कारोबारमा ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको २० लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य सर्वाधिक ७.९ प्रतिशत बढेको छ। त्यसैगरी, आज लक्ष्मी उन्नती कोषको इकाईमूल्य ३.७७ प्रतिशत बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ३.७४ प्रतिशत बढेको छ। यस दिन नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.९० प्रतिशत घटेको छ भने निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीकोा यस दिन १० करोड ३९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आव निर्धन उत्थान लघुवित्त, नबिल बैंक, हिमालयन पावर पार्टनर र नेपाल पुनर्बीमा कम्पनीको २ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक आज ०.६ प्रतिशत बढेको छ। आज १२ उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिनआज सर्वाधिक १.४४ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।