English

कोप–२७ : जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको पीडा वृत्तचित्रमा



इजिप्टको शर्म एल शेख सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २७ औँ अन्तर्राष्ट्रिय महासम्मेलन (कोप २७) मा नेपालको वृत्तचित्र प्रदर्शन गरिएको छ ।

भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृत्तचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको मुख्य क्षति समेटिएको छ ।

महासम्मेलनमा नेपालको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको नेतृत्वमा वन, तथा वातावरणविद्सहितको टोली सहभागी रहेको छ । नेपालको प्रतिवेदनसँगै साथसाथै फाउण्डेसनले तयार गरेको वृत्तचित्र देखाइएको हो । उक्त वृत्तचित्रको लेखन तथा निर्देशन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गरेका हुन् ।

वृत्तचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरूमा हिउँ कमी भएको, बाक्लो हिमनदी पग्लिएर भएको क्षति, बाढी पहिरो, बेमौसमी वर्षाले धनजन, अन्नबालीमा पुर्याएको क्षति समेटिएको छ । गत वर्ष मार्च ८ मा विभिन्न क्षेत्रका अगुवा ४० जना महिलाले गरेको सगरमाथा आधार शिविर, काला पत्थरसम्मको पैदल यात्रा, सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्य देखि डोल्पामा यसै वर्ष वर्षाले पुर्याएको क्षति त्यसमा समावेश छ ।

महासम्मेलनमा सहभागी साथसाथै फाण्डेसनका अध्यक्ष प्रजिता कार्कीले नेपालमा भएको हानी नोक्सानी र क्षति प्रदर्शन गरी विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले यो वृत्तचित्र निर्माण भएको बताइन् ।

prajeeta karki
प्रजिता कार्की
अध्यक्ष, साथसाथै फाउन्डेसन

अत्यन्तै न्यून कार्बन उत्पादन हुने नेपालमा जलवायु परिवर्तनको क्षति भने अतुलनीय छ । नेपालमा भएको हानी नोक्सानी र क्षतिपूर्तिका लागि ठूला मुलुकको ध्यानाकर्षण गराउन यो वृत्तचित्रले भूमिका खेल्छ ।

‘अत्यन्तै न्यून कार्बन उत्पादन हुने नेपालमा जलवायु परिवर्तनको क्षति भने अतुलनीय छ । यो सम्मेलनमा हानी नोक्सानी र जलवायु कोषको समेत मुद्दा छ । नेपालमा भएको हानी नोक्सानी र क्षतिपूर्तिका लागि ठूला मुलुकको ध्यानाकर्षण गराउन यो वृत्तचित्रले भूमिका खेल्छ भन्ने विश्वास लिएको छु,’ अध्यक्ष कार्कीले भनिन् ।

वृत्तचित्र वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोषसहितको समन्वय र सहकार्यमा निर्माण भएको उक्त संस्थाले जनाएको छ । राइज मिडिया नेटवर्कले निर्माण गरेको यो वृत्तचित्र प्रदर्शनपछि सहभागीबीच अन्तरक्रिया समेत राखिएको थियो ।

निर्देशक बस्नेतले प्राकृतिक विपत्तिले नेपाल र नेपालीले बेहोर्नुपरेको क्षति मात्र नभै आवाजविहीन पीडितलाई न्यायको वकालत गरिएको बताए ।

यो वृत्तचित्रले हानी नोक्सानी मात्र देखाएको छैन । विपत्ति भोगिरहेको नेपाल र यहाँ प्रत्यक्ष पीडित जनतालाई क्षतिपूर्ति र पुन निर्माणका लागि विश्वले ध्यानाकृष्ट गरेको छ ।

बालकृष्ण बस्नेत
अध्यक्ष, प्रेस काउन्सिल नेपाल

‘यो वृत्तचित्रले हानी नोक्सानी मात्र देखाएको छैन । विपत्ति भोगिरहेको नेपाल र यहाँ प्रत्यक्ष पीडित जनतालाई क्षतिपूर्ति र पुन निर्माणका लागि विश्वले ध्यानाकृष्ट गरेको छ,’ बस्नेतले भने ।

त्यस्तै, सम्मेलनमा नेपाल सरकारले जलवायु परिवर्तनका कारण सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका सर्वसाधारणले भोगिरहेका समस्याहरूको उत्थान गरिदिनु पर्ने र अन्तर्राष्ट्रिय समुदायले त्यी समस्याहरूको सम्बोधन गरिदिनु पर्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो बताउँछन् ।

जलवायु परिवर्तनमा हेलम्बुवासीको कुनै पनि सहभागिता छैन, उनीहरूले भोगिरहेको प्रकोपको न्यूनीकरण र क्षतिपूर्तिको व्यवस्था अन्तर्राष्ट्रिय समुदायले गर्नुपर्छ ।

निमा ग्याल्जेन ह्योल्मो
अध्यक्ष, हेलम्बु गाउँपालिका

‘जलवायु परिवर्तनले हेलम्बुमा मौसमी विविधता ल्याएको छ, पहिले उत्पादन हुने अन्नबाली अहिले उत्पादन हुन छोडेको छ, पहिले फल्ने स्याउ अहिले फल्न छोडेको छ । यसका साथै वर्षेनी आउने बाढी पहिरोले अर्बौंको जनधनको क्षति गरेको छ ।’ उनी भन्छन् ‘सरकारले कोप सम्मेलनमा यस्ता समस्याहरू उत्थान गरिदिनु पर्छ । जलवायु परिवर्तनमा हेलम्बुवासीको कुनै पनि सहभागिता छैन, उनीहरूले भोगिरहेको प्रकोपको न्यूनीकरण र क्षतिपूर्तिको व्यवस्था अन्तर्राष्ट्रिय समुदायले गर्नुपर्छ ।’

यो पनि…
कोप–२७ : हानि नोक्सानी मुद्दामा नेपालको छुट्टै एजेन्डा
जलवायु परिवर्तनको चुनौती सामना गर्न संयुक्त अभियान



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।