English

दूध, दही सेवनको फाइदा र बेफाइदा



हाम्रो समाजमा दूधको बारेमा धेरै गलत धारणा रहेको पाइन्छ । हाड जोर्नीको लागि क्याल्सियमको आपूर्ति गर्न प्रशस्त मात्रामा दूध खानेहरू धेरै छन् । प्राचीन कालदेखि नै दैनिक दूध खाने चलन भएको हामी सबैलाई थाहा भएकै कुरा हो ।

पोषणको दृष्टिकोणले हेर्ने हो भने दूधलाई एउटा पोषिलो खानाको रूपमा लिन सकिन्छ । यसले पर्याप्त क्यालोरी प्रदान गर्छ, जसले हामीलाई शक्ति प्रदान गर्छ ।

बालबालिकाको शारीरिक विकासको लागि प्रोटिन नभई नहुने कुरा हो । दूध प्रोटिनको धेरै राम्रो स्रोत हो । बिरामीहरूलाई पनि प्रोटिन र एनर्जी चाहिने भएकोले दूध खानु अत्यन्तै उपयोगी हुन्छ । त्यसैले एनर्जी र प्रोटिनको आवश्यकता भएमा दैनिक दूध खान मिल्छ ।

दूधका यी फाइदाहरू यसको एउटा पक्ष मात्रै हो । दूधका अनेक बेफाइदाहरू पनि छन् । विशेष गरी चिल्लो नझिकिएको दूधमा पर्याप्त मात्रामा कोलेस्ट्रोल हुन्छ । गाईको दूध भन्दा भैँसीको दूधमा झन् बढी कोलेस्ट्रोल र क्यालोरी हुन्छ ।

एउटा स्वस्थ पुरुष वा महिलालाई थप क्यालोरी र कोलेस्ट्रोल दुवैको आवश्यकता हुँदैन । दूधको प्रयोग गरेमा कोलेस्ट्रोल बढ्ने र अनावश्यक क्यालोरीले मोटोपनाको सम्भावना पनि बढाउने हुनाले दूधको प्रयोग गर्नुपर्ने आवश्यकता नरहेको तथ्य बुझ्न सकिन्छ ।

दूधमा पाइने कोलेस्ट्रोलले रगतमा कोलेस्ट्रोलको मात्रा बढाएर मुटु रोग निम्ताउने सम्भावना बढाउँछ । त्यस कारण बढ्दो बालबालिकालाई छोडेर कसैले पनि फ्याट भएको दूध नै खानु जरुरी देखिँदैन । कुपोषण भएका वा बिरामीहरूलाई दूध दिनु छुटै कुरा हो ।

लो फ्याट दूध जसमा फ्याटको मात्रा १–२ प्रतिशत भन्दा कम हुन्छ, नेपालमा सजिलैसँग नपाइने भएकोले चिल्लो फ्याट झिकेको दूध थोरै मात्रामा खान मिल्छ । तर मोटो मानिसले वा कोलेस्ट्रोल बढी भएको व्यक्तिले दूध नखाए राम्रो हुन्छ । चियामा पनि धेरै दूधको प्रयोग नगरेको राम्रो हुन्छ ।

दूधबाट फ्याट (छाली, तर) झिकेर बनाएको दही भने खान मिल्छ । फ्याट वा गुलियो नभएको दही स्वास्थ्यको लागि राम्रो मानिन्छ । प्रतिदिन खानामा चिल्लो कम भएको सादा (गुलियो नभएको) दही खानु राम्रो हुन्छ । यसले खानालाई स्वादिष्ट मात्रै होइन, स्वास्थ्यकर पनि बनाउँछ ।

स्वास्थ्य व्यक्तिले दूध र दही खानु हुन्छ तर कोलेस्ट्रोल वा मोटोपनाले भएका व्यक्तिले नखाएको राम्रो । कोलेस्ट्रोल र मोटोपना भएका व्यक्तिले कल्सियम र प्रोटिनको लागि दूधको साटो अरू सुरक्षित खाना रोज्न सक्छन् ।

यो पनि…
बदलिँदो मौसममा पिनासको जोखिमबाट यसरी बचौँ
यी ५ व्यक्तिले भुलेर पनि मूला खानु हुँदैन



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा