English

चौधरी ग्रुपको फोर ह्वील ड्राइभ ईभी : यस्ता छन् फिचर



चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपाली बजारमा नयाँ ब्राण्डको मिनी ईभी ल्याउने भएको छ । विगत केही समयदेखि न्यू इनर्जी भेहिकलको विक्रीमा प्रवेश गरेको सो कम्पनीले सिटी कारको रुपमा उपयुक्त हुने ‘जीयाङ्सु हाउजी अटो’ले उत्पादन गरेको ‘आमाई’ मिनी ईभी नेपाल ल्याउन लागेको हो ।

यो सानो ईभीमा फोर ह्वील ड्राइभ अप्सन पाउन सकिन्छ । थ्री डोर अप्सनमा आउने यो सानो कारमा ४ सिट दिइएको छ । आमाई मिनी ईभीमा १८.४३ किलोवाट आवरको लिभियम आयोन ब्याट्री प्याक दिइएको छ ।

सिजी मोटर्स स्रोतले यसमा रहेको ब्याट्रीलाई एक पटक फुल चार्जमा २२५ किलोमिटरसम्म गुडाउन सकिने बताएको छ । अगाडि र पछाडि नै मोटर दिइएको कारमा २४ किलोवाट क्षमताको मोटर छ । कारको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

मिनी कार भए पनि यसमा ठूलो साइजको हुवील दिइएको छ । सामान्यतया मिनी कारमा १२ देखि १३ इन्चको ह्वील रहने गरेको पाइन्छ । तर, यसमा १५ इन्चको ठूलो ह्वील छ । ठूलो ह्वीलको सहायताले अफरोडमा पनि यसलाई सजिलै गुडाउन सकिने कम्पनीले जनाएको छ ।

आकर्षक रेट्रो डिजाइनमा रहेको हाउजीको मिनी कारमा दुईवटा राउण्ड क्रिस्टल प्रोजेक्सन हेडलाइट र राउण्ड आकारमै दिइएको डीआरएल पाउन सकिन्छ । कारको वाहिरी आवरणमा आकर्षक क्लियर एज र कर्नर रहेको छ । फ्रन्ट र टेल डिजाइनमा दिइएको डिजाइन लाइनले कारलाई एसयूभी लुक्स दिएको छ ।

ईभीमा म्युजिक सिस्टम, एयर कण्डिसन डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र वाईफाई तथा व्लुटुथ सपोर्ट गर्ने ९ इन्चको सेन्ट्रल कन्ट्रोल सिस्टम पाउन सकिन्छ । यसमा चार फरक फरक तरिकाले एड्जस्ट गर्न सकिने ड्राइभर र प्यासेन्जर सिट पनि रहेको छ ।

कम्पनीले मिनी कारमा सिट तथा स्टेरिङ ह्वीलमा लेदरको प्रयोग गरेको कारण क्याविन समेत प्रिमियम देखिएको छ । मिनी कारको लम्बाई ३४४४ एमएम, उचाई १५३५ एमएम, चौडाई १५५० एमएम र ह्वीलवेस २३५० एमएम रहेको छ । अहिल्यै मूल्य एकिन नभएपनि यसको सुरुवाती मूल्य २० लाख हाराहारी रहने कम्पनीले बताएको छ ।

यो पनि 
असोज ६ देखि नाडा इभि एक्स्पो २०२२
दुई वर्षपछि हुँदै ‘नाडा अटो शो’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।