English

सेयर बजारमा उत्साह



मंगलबार सेयर बजार ५६.११ अंकले बढेको छ। आज नेप्से परिसूचक २.९९ प्रतिशतले बढेर १९३०.९९ बिन्दुमा पुगेर बन्द भएको छ। त्यस्तै, २३१ वटा धितोपत्रको १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार न्यादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य २८८ रुपैयाँ २० पैसामा बन्द भएको छ। युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २१८ रुपैयाँ कायम भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा ९.५५ एनसिसी डिवेञ्चर २०८६ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ३.९१ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८६० रुपैयाँमा झरेको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को इकाइ मूल्य ३।७३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ २६ पैसा कायम भएको छ।

आज सर्वाधिक सेयर खरिद–बिक्री एनआइसी एशिया बैंकको भएको छ। कम्पनीको ६९५ रुपैयाँमा ६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.३० प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त बैंकको ८३५ रुपैयाँमा ५ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज अन्य समूहको परिसूचक सर्वाधिक ५.२८ प्रतिशतले बढेको छ।

त्यस्तै, वित्त समूहको परिसूचक ५.४ प्रतिशत, व्यापार समूहको परिसूचक ४.५६ प्रतिशत, जलविद्युत समूहको परिसूचक ४.३७ प्रतिशत र लगानी समूहको परिसूचक ४.१७ प्रतिशतले बढेको छ।

त्यसैगरी, विकास बैंक समूहको परिसूचक ३.९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३.३३ प्रतिशत, निर्जीवन बीमा समूहको परिसूचक २.४२ प्रतिशत, लघुवित्त समूहको परिसूचक २.१९ प्रतिशत, बैंकिङ समूहको परिसूचक २.२ प्रतिशत र होटल्स तथा पर्यटन समूहको परिसूचक २.०९ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।