English

पन्तको उपचारका लागि सहयोग आह्वान



विगत तीन वर्षदेखि दुबईमा थलिएका सुवास पन्त शनिबार नेपाल फर्किएका छन् । कानुनी रूपबाट बिरामीको अभिभावकत्व र बिरामीको उपचार गर्ने अधिकार पाएका पशुपति खड्काले कात्तिक ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिरामीको अभिभावकलाई जिम्मा लगाएका हुन् ।

काभ्रेपलान्चोक जिल्ला भुल्भु गाउँपालिका १ घर भई भएका २६ वर्षीय पन्त सन् २०१८ मे मा काठमाडौँस्थित अल समा इन्टरनेसनल प्रा।लीद्वारा वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका थिए । उनी दुबई स्थित किब्सन्स इन्टरनेसनल यल यल सि कम्पनीमा आइ सेल्स तथा पक्किङ को काम गर्दै आएका थिए । उनी सन २०२० जनवरीमा डिटीबाट कम्पनीको होस्टेल जाने क्रममा अचानक कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

दुर्घटनाको अपुस्त सूचनालाई पछ्याउँदै नाताले भाइ पर्ने सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगर पालिका वडा न १५ स्थायी घर भई विगत १४ वर्षदेखि दुबईस्थित आजामन पब्लिक ट्रान्स्पोर्ट् कम्पनीमा कार्यरत युएई आरसिसी आजामनका उपाध्यक्ष तथा समाजसेवी पशुपति खड्का एक हप्ताको निरन्तर प्रयासपछि पन्तलाई भेट्न पुगे । पन्त सेख रसिद अस्पतालको आइसियु कक्षमा अचेत अवस्थामा उपचाररत भेटिए ।

खड्काले उपचारका क्रममा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले बिरामीको पारिवारिक अवस्था नाजुक भएकोले आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, साथै उनले बिरामीको आमा बिमला पन्तको बैंक अफ काठमाडौँ मा रहेको खाता नम्बर १५१४०००००४८३५२४ मा सहयोग रकम जम्मा गरिदिन समेत आग्रह गरेका छन् ।

तस्बिर सौंजन्य : दिनेश चन्द्र त्रिपाठी

यो पनि…
गायिकाद्वय अस्मिता र रीतालाई सन्त राजभण्डारीको आर्थिक सहयोग हस्तान्तरण
सगरमाथा चढ्न वि विल राइजद्वारा आङरिताका नातिलाई आर्थिक सहयोग



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्