English

सेयर बजारमा सामान्य गिरावट



साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.३८ अंकले घट्दै १८४४.१४ अंकमा झरेको हो ।

तर, यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने झिनो (०.०९ अंक) ले बढ्दै ३६३.०५ अंकमा उक्लिएको छ । समान्य अंकले घटेको बजारमा आज कारोबार रकम समेत ५० करोड ७६ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ ।

आज ट्रेडिङ डेभलपमेन्ट बैंक र इन्भेष्टमेन्ट समूहको उपसूचक धनात्मक भएका छन् भने १० वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक ०.०१ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ०.२४ प्रतिशतले, हाइड्रोपावर ०.५३ प्रतिशतले, फाइनान्स ०.२१ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा बढी सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ९.९७ प्रतिशतले कमाएका छन् भने सेन्चुरी डिभेन्चरका लगानीकर्ताहरूले ७.७३ प्रतिशतले गुमाएका छन् ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ