English

चार महंँगा गाडीमा निःशुल्क सेवा



२०७६ चैत ११ मा भएको लकडाउन पछि देश प्रायः नै ठप्प भयो । निजी तथा सार्वजनिक यातायात पनि सबै बन्द भए । बरु गाउँघर गुल्जार थिए तर काठमाडौं लगायत भीडभाड हुने सहरमा कहिल्यै नदेखिएको सन्नाटा छायो ।

कोरोना महामारीको डरसँगै सबैतिर बन्द भइरहँदा गाह्रो-साह्रो अथवा विरामी नै पर्दा आपतकालीन सवारीको सुविधा समेत पाइन छोड्यो । बन्दाबन्दीको यस्तो अवस्थाले बुढानीलकण्ठका सुभास श्रेष्ठलाई २०५८ सालको संकटकाल याद दिलायो ।

२०५८ सालको संकटकालको समयमा श्रेष्ठकी आमा अकस्मात बिरामी भइन् । त्यसबेला राती यातायात नचलेका कारण आमालाई अस्पताल लैजान निकै कठिन परेको थियो । छटपटाइरहेकी आमालाई अस्पताल पुर्याउन कुनै उपाय थिएन । प्रहरीलाई सम्पर्क गर्दा धेरै समयपछि बल्ल तल्ल आमाको उद्धार भएको श्रेष्ठलाई आजै जस्तो लाग्छ ।

यस्तै समस्या २०७६ चैतदेखि भएको लकडाउनका कारण अन्य कसैले भोग्न नपरोस् भन्ने हेतुले आफ्नो निजी गाडीमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न थालेको श्रेष्ठ बताउँछन् ।

सुभासको फेसबुक पेजको मुख्य परिचयमा लेखिएको छ, ‘मानव सेवा नै धर्म हो ।’ यसैलाई मूलमन्त्र ठानेर उनले लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आफ्नै ४ वटा निजी गाडीबाट सेवा सुरु गरे ।

निजी गाडीमा एम्बुलेन्स सेवा

‘नेपालीले लकडाउन पहिले कहिल्यै भोगेका थिएनन् । यसको बारेमा खासै कसैलाई कुनै आइडिया पनि थिएन । जसका कारण लकडाउनको प्रारम्भमा नेपालीले ठूलै सास्ती खेप्नु पर्यो । लकडाउन सुरु हुने बित्तिकै धेरै परिवारमा आपत आईपर्यो,’ श्रेष्ठ भन्छन्, ‘दीर्घरोगीलगायत मेरी आमा जस्तै आपतै परेका विरामीले सेवा सुविधा कसरी पाउने त भन्ने सम्झेर आफ्ना निजी गाडी प्रयोग गरेर निशुल्क एम्बुलेन्सको सेवा सुचारु गरेँ ।’

सुभासको फेसबुक पेजको मुख्य परिचयमा लेखिएको छ, ‘मानव सेवा नै धर्म हो ।’ यसैलाई मूलमन्त्र ठानेर उनले लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आफ्नै ४ वटा निजी गाडीबाट सेवा सुरु गरे ।

सहकर्मीहरूसँग सुभास

महामारीको कहर छाएको ठप्प काठमाडौंमा सोे सेवा लिने सेवाग्राही दिन प्रतिदिन थपिदै गए । आपतमा परेकालाई सेवा गर्न पाएकोमा उनलाई आत्मसन्तुष्टि मिल्यो । यसले उनलाई सामाजिक कार्यलाई निरन्तरता दिने थप हौसला बढ्दै गयो ।

सुभासले प्रारम्भमा ४ वटा आफ्नै निजी गाडीबाट सुरु गरे तर सेवाग्राही बढ्दै गएपछि भाइहरूसँग मिलेर कामको दायरा बढाउने सोच बनाए । भन्छन्, ‘भाइहरूले मेरो प्रस्ताव माने । अहिले ७ वटा गाडीको सेवा प्रदान गर्दै आएका छौं ।’

२२ हजारले लिइसके सेवा

२०७६ चैत १२ देखि सुरु भएको निशुल्क एम्बुलेन्स सेवाले हालसम्म २२ हजारलाई सेवा प्रदान गरिसकेको छ । यद्यपी हाल लकडाउन खुलेर बजारको अवस्था सामान्य भएपछि सम्पर्क गर्नेहरु घटेका छन् ।

उनी भन्छन्, ‘यो सेवाले भक्तपुर, ललितपुर र काठमाडौँ गरी तीनवटै जिल्लालाई कभर गरेको छ । फेरि लकडाउन होला जस्तो छ । लकडाउन भयो भने यो सेवा पुनः पूर्ण रुपमा सुचारु हुनेछ ।’

तर यस बीचमा पनि कसैलाई समस्या परेर सम्पर्क गरेमा सेवा भने उपलब्ध नै रह्यो । अहिलेको सामान्य अवस्थामा पनि रातको आपतकालीन समस्यामा यो सेवा आंशिक रुपमा सुचारु नै रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘यो सेवाले भक्तपुर, ललितपुर र काठमाडौँ गरी तीनवटै जिल्लालाई कभर गरेको छ । फेरि लकडाउन होला जस्तो छ । लकडाउन भयो भने यो सेवा पुनः पूर्ण रुपमा सुचारु हुनेछ ।’ यसरी सुभास लकडाउनमा सेवा दिन तम्तयार छन् ।

महंँगा गाडीमा निःशुल्क सेवा

श्रेष्ठ व्यवसायी हुन् । उनी अन्नपूर्ण ट्राभल एण्ड टुरिज्म, स्वस्तिक फार्मेसी प्रालि, नेशनल भिजन इन्भेस्टमेन्ट लगायतका व्यवसायमा संलग्न छन् । आवश्यकता परेकालाई आफ्नै कमाईको खर्चबाट निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरेको उनी बताउँछन् ।

निशुल्क एम्बुलेन्स सेवाका लागि श्रेष्ठले माज्दा सी एक्स ७ को प्रयोग गरिरहेका छन् । यो जापानी कार नैपालकै वान पिस कार हो । यो कार श्रेष्ठले १ करोड ३६ लाखमा मगाएका थिए । हाल सो कारको साढे २ करोडभन्दा माथि पर्ने उनको अनुमान छ । त्यस्तै युरोपियन कार स्कोडा लाउरा, फोर्ड फियस्टा र निशानको सुपर सलुन पनि निःशुल्क एम्बुलेन्सका लागि प्रयोगमा छन् । त्यस्तै, एक स्कोर्पियो र दुई सुजुकी स्विफ्ट पनि सेवामै रहेका छन् ।

मनकारी सुभास भन्छन्, ‘धन हुनेसँग मन हुँदैन भन्ने विचार त्यागौं ।’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।