English

अमिताभ यस वर्षकै व्यस्त अभिनेता



‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगनभन्दा सर्वाधिक व्यस्त अभिनेता बनेका छन् । यो वर्ष यी फिल्ममा अमिताभ देखिए ।

झुण्ड

अमिताभले यो वर्षको सुरुवात नगराज मन्जुलेको फिल्म ‘झुण्ड’ बाट गरे । यो फिल्म मार्चमा रिलिज भएको थियो । यो खेल बायोपिकलाई समीक्षकहरूले पनि मन पराएका थिए । यो फिल्मलाई वर्षकै शानदार फिल्मको श्रेणीमा राखिएको थियो ।

रनवे २४

‘झुण्ड’ पछि अमिताभ अभिनेता अजय देवगनका साथ ‘रनवे २४’ मा देखिए । यो फिल्ममा उनले विमान दुर्घटना प्रमुख ९एएआईबी०को भूमिका निभाएका थिए । फिल्मको सेकेन्ड हाफबाट उनले दमदार अभिनय प्रस्तुत गरेका थिए ।

ब्रह्मास्त्रः पार्ट वन शिवा

अमिताभ अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्रः पार्ट वन शिवा’ मा पनि देखिए । यसबाहेक उनी आर बाल्कीको फिल्म ‘चुपः ए रिवेन्ज अफ आर्टिस्ट’मा केमियो भूमिकामा देखिए ।

गुडबाय

अमिताभको अभिनय रहेको फिल्म ‘गुडबाय’ हालै रिलिज भयो । फिल्मबाट अमिताभले राम्रो तारिफ पाइरहेका छन् । उनी यसै वर्ष सुरज बडजात्याको फिल्म ‘उचाइ’ मा पनि व्यस्त भए ।

यो पनि…
नेपालमा सुटिङ भएको ‘उचाइ’ को पोस्टर सार्वजनिक
पहिलो फिल्ममा कसको कति पारिश्रमिक ?



सम्बन्धित खबरहरु

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

Latest










Popular
Suggested