English

नवौं राष्ट्रिय खेलकुद : जयरानीको तीन राष्ट्रिय कीर्तिमान



नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् ।

मंगलबार नै व्यक्तिगत उत्कृष्ट नतिजा निकालेकी निशाले ५.४९ मिटरसहित रजत पदक जितिन् । यसअघि कीर्तिमान बनाएकी निशाले त्योभन्दा उत्कृष्ट नतिजा निकाले पनि स्वर्ण जित्न सकिनन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी शिला चौधरीले ५.३१ मिटरसहित कास्य पदक जितेकी छन् ।

जयरानीको जारी नवौं राष्ट्रिय खेलकुदको ट्र्याक एन्ड फिल्डमा यो तेस्रो स्वर्ण पदक हो । यसअघि सोमबार बिहान उनले महिला १०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । आइतबार बिहान जयरानीले महलिा ४०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।

यो पनि…
एथलेटिक्समा आर्मीका दुई कीर्तिमान
स्टिपलचेजमा कर्णालीका दुर्गालाई स्वर्ण पदक



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा