English

घलेगाउँको आकर्षण र पहिचान



सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ । पाँच दशक पुराना टिनका छाना फेरेर राता रङ्गिन छानाले गाउँलाई सजाइएको छ ।

करिब दुई दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसिया मै नमूना ग्रामीण पर्यटकीय गाउँका रुपमा चिनाएको छ । घलेगाउँ नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा समेत चिनिन्छ ।

सबै घरमा एकैनासले रातो रंगको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमल विक बताउँछन् । घलेगाउँका एक सय २० घरमा रातो रंगको छानो राखिएको छ ।

प्राकृतिक सौन्दर्यका साथै मौलिक कला, परम्परा र साँस्कृतिक पक्षले पनि उतिक्कै धनी छ, घलेगाउँ । गाउँका सिँढीहरू निर्माण तथा मर्मत गरी गाउँलाई सफासुग्घर गरी चिटिक्क बनाइएको छ । गाउँ तथा बाटो वरपर फूल रोपिएका छन् । एकैनासको घर भएसँगै पर्यटक आर्कषण बढेको स्थानीय यमुना घले बताउँछिन् ।

समुद्री सतहदेखि करिब दुई हजार एक सय मिटर उचाइको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित होमस्टे संचालनमा ल्याइएको थियो । पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ परेको छ । घलेगाउँमा नमूना चिया बगान, प्रांङ्गारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टे रहेको छ ।

हिमालको काखको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, हिमालचुली, मनासलु, बुद्ध, ङादीचुली (डा. हर्क पिक) हिमाल, गणेशलगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

गाउँबाटै सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि नियाल्न सकिन्छ । गोर्खा आर्मी पार्क, घले राजाको शालिक, क्वोइवो धी, उत्तरकन्या मन्दिर, सात कुवा, परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, चिया बगान, वनझाङ्ग्रो छहारा, भीर मौरी, भेँडीगोठ पनि घलेगाउँका आकर्षण हुन् ।

यो पनि…
सुखीहरूको गाउँ ‘घलेगाउँ’
पर्यटक लोभ्याउने घलेगाउँ शैली



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्