English

प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६१ मा महिलाको उम्मेदवारी शून्य



आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचानमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक देखिएको छ । 

निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या सून्य रहेको छ । 

प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने २ हजार ४१२ जनामध्ये २ हजार १८६ जना पुरुष र २२५ जना महिला रहेका छन् । अर्थात कुल उम्मेदवारी दिनेमध्ये ९.३२ प्रतिशत संख्या मात्र महिलाको रहेको छ । 

निर्वाचन आयोगको तथ्याङ्क अनुसार महिला उम्मेदवारको उपस्थिती १६५ क्षेत्रमध्ये ६१ वटामा सून्य र ४८ वटा निर्वाचन क्षेत्रमा मात्र एक–एक रहेको छ । 

प्रतिनिधि सभा तर्फको २६ वटा निर्वाचन क्षेत्रमा प्रत्येकमा दुई–दुई जना महिला उम्मेदवार रहेका छन् भने १३ वटा निर्वाचन क्षेत्र प्रत्येकमा तीन–तीन जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । 

यस्तै, आठ वटा निर्वाचन क्षेत्रमा चार–चार जना, पाँच वटा निर्वाचन क्षेत्रमा पाँच–पाँच जना, दुई वटा निर्वाचन क्षेत्रमा ६–६ जना, एउटा निर्वाचन क्षेत्रमा ७ जना र एउटा निर्वाचन क्षेत्रमा १० जना महिलालाई उम्मेदवार बनाइएको छ । 

आयोगका अनुसार ताप्लेजुङ निर्वाचन क्षेत्र नं.१, पाँचथर निर्वाचन क्षेत्र नं.१, इलाम निर्वाचन क्षेत्र नं.१, झापा निर्वाचन क्षेत्र नं.३, संखुवासभा निर्वाचन क्षेत्र नं.१, भोजपुर निर्वाचन क्षेत्र नं.१, धनकुटा निर्वाचन क्षेत्र नं.१, मोरङ निर्वाचन क्षेत्र नं.४ र ६, सुनसरी निर्वाचन क्षेत्र नं.४ र खोटाङ निर्वाचन क्षेत्र नं.१ मा एकजना पनि महिला उम्मेदवार रहेका छैनन् । 

यस्तै एकजना पनि महिलाको उम्मेदवारी नपरेका अन्य निर्वाचन क्षेत्रमा सप्तरी निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.१, २ र ४, महोत्तरी निर्वाचन क्षेत्र नं.२ र ४, रौतहट निर्वाचन क्षेत्र नं.२ र ३, बारा निर्वाचन क्षेत्र नं.१, २ र ४ र पर्सा निर्वाचन क्षेत्र नं.१, २, ३ र ४ रहेका छन् । 

दोलखा निर्वाचन क्षेत्र नं.१, धादिङ निर्वाचन क्षेत्र नं.१, काभ्रेपलाञ्चोक क्षेत्र नं.१६, मकवानपुर निर्वाचन क्षेत्र नं.२, गोरखा निर्वाचन क्षेत्र नं.२, मनाङ क्षेत्र नं.१, लम्जुङ निर्वाचन क्षेत्र नं.१, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं.२, मुस्ताङ निर्वाचन क्षेत्र नं.१, बागलुङ निर्वाचन क्षेत्र नं.१, पाल्पा निर्वाचन क्षेत्र नं.१, रुपन्देही निर्वाचन क्षेत्र नं.४, रुकुम पूर्व निर्वाचन क्षेत्र नं.१, बाँके निर्वाचन क्षेत्र नं.३, बर्दिया निर्वाचन क्षेत्र नं.१ र २ पनि महिलाको उम्मेदावरी परेको छैन । 

महिलाको उम्मेदवारी नपरेको अन्य निर्वाचन क्षेत्रमा सल्यान निर्वाचन क्षेत्र नं.१, डोल्पा निर्वाचन क्षेत्र नं.१, मुगु निर्वाचन क्षेत्र नं.१, कालिकोट निर्वाचन क्षेत्र नं.१, हुम्ला निर्वाचन क्षेत्र नं.१, जाजरकोट निर्वाचन क्षेत्र नं.१, दैलेख निर्वाचन क्षेत्र नं.२, सुर्खेत निर्वाचन क्षेत्र नं.१, रुकुम पश्चिम निर्वाचन क्षेत्र नं.१, बाजुरा निर्वाचन क्षेत्र नं.१, अछाम निर्वाचन क्षेत्र नं.१ र २, बझाङ निर्वाचन क्षेत्र नं.१, कैलाली निर्वाचन क्षेत्र नं.२ र ४, दार्चुला निर्वाचन क्षेत्र नं.१, बैतडी निर्वाचन क्षेत्र नं.१, डडेलधुरा निर्वाचन क्षेत्र नं.१ र कञ्चनपुर निर्वाचन क्षेत्र नं.२ रहेका छन् । 



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।