English

अन्नपूर्ण पदमार्गमा अलपत्र दुई सय जनाको हेलिकोप्टरमार्फत उद्धार

फर्किए पाँच सय ८१ पर्यटक


चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेकाे हिमपात र अविरल वर्षाका कारण अलपत्र दुई सय जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । यस्तै एक साताको अवधिमा यस क्षेत्रबाट पाँच सय  ८१ जना पर्यटक पदयात्राबाट बाहिरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकजाँच केन्द्र धारापानीले जनाएको छ ।

यसरी फर्किने धेरैजसाे इजरायली पर्यटक छन् । केही फ्रान्स, जर्मन, इटली, बेलायत, अमेरिका, भारतका साथै नेपाली पनि छन् । केही पर्यटक अझै मनाङमै छन् । यहाँ दैनिक ७० देखि ८० जना विदेशी पर्यटक आउने गरेकाे पर्यटन व्यवसायी विनोद गुरुङले बताए । उनका अनुसार हिमपात जारी छ । त्यो हेर्न पनि पर्यटक आएका हुन् । केही पर्यटक रोकिएको र केही थोराङ्ला भन्ज्याङ (५,४१६ मिटर) पार गरेर मुक्तिनाथ पुगेकाे उनले बताए ।

एक्याप धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मंगलबार मात्रै चक्रीय अन्नपूर्ण पदमार्गमा दुई सय पर्यटक भित्रिएका छन् । 



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।