English

एकता कपुर र उनकी आमाविरुद्ध पक्राउ पुर्जी जारी



भारतीय टेलिभिजन उद्योगकी ‘क्वीन’ एकता कपूर र उनकी आमा शोभा कपुरविरुद्ध वेब सिरिज ‘एक्सएक्सएक्स सिजन २’ को विषयलाई लिएर बेगूसराय न्यायालयले पक्राउ पुर्जी जारी गरेको छ ।

सन् २०२० मा यो सिरिजमा देखाइएको आपत्तिजनक दृश्यलाई लिएर बिहारको बेगूसराय कोर्टमा उजुरी दर्ता भएको थियो । सैनिकलाई अपमान गरिएको भनिएको यो मामलालाई लिएर न्यायालयले दुईविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको हो ।

वेब सिरिजमा कैयौं आपत्तिजनक दृश्य देखाइएको छ । जसमा एक दृश्य सैनिककी पत्नीसँग जोडिएको छ । यही दृश्यलाई लिएर बिहारको बेगूसरायमा एकताविरुद्ध उजुरी परेको थियो । बेगूसराय कोर्टले एकता र उनकी आमा शोभालाई चेतावनी पत्र पठाउँदै अदालतमा उपस्थिति हुन आदेश दिएको थियो ।

एकताले भने यो मामलालाई लिएर आफ्नो सफाई पेश गरेकी थिइन् । उनले यो थाहा पाउनासाथ आफूले तुरुन्तै वेब सिरिजको उक्त दृश्य हटाएको बताएकी थिइन । उनले माफी पनि मागेकी थिइन् ।

यो मामलामा सैनिक संघका जिल्ला अध्यक्ष शम्भू कुमारले उजुरी दर्ता गराएका थिए । उनले भारतीय सैनिक आफैंलाई खतरामा राखेर देशको सेवा गरिरहँदा उनीहरुलाई सम्मानको दृष्टिले हेर्नुपर्नेमा सिरिजमा भारतीय सैनिक र उनकी पत्नीलाई गलत तरिकाले देखाइएको आरोप लगाएका थिए ।

यो पनि…
बलिउडमा बजार खोज्दै नेपाली चलचित्र
मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप (फोटो फिचर)



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ ।

काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

Latest










Popular
Suggested