English

विश्व इतिहासमा आजः हैटीमा कुदेखि बाल्टिक समुद्रमा डुंगा दुर्घटना



आज सन् २०२२ को २९ सेप्टेम्वर । प्रस्तुत छ आज इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः

बाल्टिक समुद्रमा डुंगा दुर्घटना

सन् १९९४ मा एउटा डुंगा बाल्टिक समुद्रमा डुब्दा ८०० यात्रुको डुबेर मृत्यु भएको थियो । यसलाई २०औं शताब्दीकै खराब दुर्घटना भनिन्छ ।

हैटीमा कु

सन् १९९१ मा त्यहाँको सेनाले कुमार्फत राष्ट्रपति जीन बर्टान्ड अरिस्टाइडलाई बर्खास्त गरेको थियो । राष्ट्रपति बर्टान्ड कु हुनुभन्दा ९ महिनाअघि भएको निर्वाचनबाट विजयी भएका थिए ।

क्यानडाको पहिलो स्याटलाईट

सन् १९७२ मा क्यानडाले अमेरिकाको क्यालिफोर्निया राज्यस्थित वायुफौजको आधारबाट आफ्नो पहिलो स्याटलाईट अलुएट १ सुरु गरेको थियो । पृथ्वीको अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरिक्ष केन्द्र नासाको सहकार्यमा सो स्याटलाइट सुरु भएको थियो ।

आणविक अनुसन्धानका लागि युरोपेली संगठन स्थापना

सन् १९५४ मा आणविक अनुसन्धानका लागि युरोपेली संगठन सीइआरएनको स्थापना भएको थियो । इयुका १२ देशले सो संगठन स्थापना गरेका थिए ।

यो पनि
विश्व इतिहासका मुख्य पाँच घटना
यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड