English

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा



अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा कायम भएर हालसम्म कै उच्च विन्दुमा पुगेको थियो ।

भने युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ३९ पैसा रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो