English

कटरीनाको पुस्तकमा हुने छैनन् सलमान र रणवीर



बलिउड अभिनेत्री कटरीना कैफले बलिउडमा पाइला चालेको २० वर्ष भयो । उनले विस्तारै यात्रा सुरु गरिन् र हिन्दी फिल्ममा स्थापित भइन् ।

उनको डेब्यू फिल्म ‘बुम’ बक्सअफिसमा असफल भए पनि त्यसयता धेरै फिल्मले सफलता चुमिसकेका छन् । उनले अक्षय कुमार, सलमान खान, ऋतिक रोशन, आमिर खान, रणवीर कपूर हुँदै सिद्धान्त चतुर्वेद, इशान खट्टरसम्मको पुस्तासँग सहकार्य गरिसकेकी छन् ।

कटरीना बलिउडको २० वर्षे यात्रालाई अब पुस्तकमा रुपान्तरण गर्दैछिन् । उनले सुरुवातीदेखि अहिलेसम्मको अवस्थालाई पुस्तकमा प्रस्तुत गर्नेछिन् । तर रोचक कुरा के छ भने अभिनेताद्वय सलमान खानरणवीर कपूर उनको पुस्तकमा सूचीकृत हुने छैनन् । यी दुवै अभिनेतासँग कटरीनाले फिल्मी अभिनय मात्र गरिनन्, दुवैजनासँग अलग अलग समय लामो प्रेम पनि गरिन् ।

धेरैले कटरीनाले आफ्नो पुस्तकमा सलमान र रणवीरलाई समेटेर उनीहरुबीचको सम्बन्धलाई उजागर गरुन् भन्ने फ्यानहरुले चाहेका छन् । तर कटरीनाले भने यी दुई अभिनेतालाई पुस्तकमा समेट्न चाहेकी छैनन् । किन चाहिनन् भन्ने कुरा उनले खुलाएकी छैनन् ।

करियरको कुरा गर्दा कटरीनाका दुई ठूला फिल्म दर्शकमाझ आउने तयारीमा छ । उनी विजय सेतुपतिका साथ ‘मेरी क्रिसमस’ र सलमानका साथ ‘टाइगर ३’मा देखिँदैछिन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ ।

काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

Latest










Popular
Suggested