सहुलियत पसलमा खसी, बोका र च्यांग्रा (फोटो फिचर)
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ ।

खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्यांग्रा १२५० रुपैयामा बिक्री गर्न थालेको छ ।

साथै कलंकीको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेताबीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्यांग्रा बिक्री भइरहेका छन् ।

चौपाया खरिद बिक्री सेवा संघले लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ र च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो ।













यो पनि…
सुपथ मुल्यका पसल चाडबाडमा मात्र लक्षित किन ?
नेपाल यसरी बन्न सक्छ माछामा आत्मनिर्भर