English

सेयर बजारमा दोहोरो अंकको वृद्धि



साताको तेस्रो कारोबार दिन सेयर बजार १५.९२ अंकले बढेको छ। आज नेप्से ०.८८ प्रतिशतले बढेर १८३१.०५ बिन्दुमा पुगेर बन्द भएको छ।

आज २२९ वटा धितोपत्रको ६६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ। आइतबार १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार सामुदायिक लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर ९.९७ प्रतिशतले वृद्धि भएर एक हजार ३०५ रुपैयाँ ९० पैसामा बन्द भएको छ।

त्यस्तै, अभियान लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ३६८ रुपैयाँ ७० पैसा पुगेको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा गरिमा डिवेञ्चर २०८५ रहेको छ। सो डिवेञ्चरको मूल्य १० प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८१० रुपैयाँ ९० पैसामा झरेको छ।

त्यस्तै, इबिएल डिवेञ्चर २०८६ को मूल्य ५.८८ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ९४१ रुपैयाँ २० पैसा कायम भएको छ। आज सर्वाधिक सेयर खरिद–बिक्री रिडी पावर कम्पनीको भएको छ। कम्पनीको २ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०।४१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४८६ रुपैयाँ कायम भएको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त बैंकको ७७० रुपैयाँमा २ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०।२८ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक ०।९ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०।२७ प्रतिशतले घटेको छ बाँकी सबै समूहको परिसूचक बढेको छ।

आज वित्त समूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशतले बढेको छ। दोस्रोमा विकास बैंक समूहको परिसूचक १.२२ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।