English

सडकमा मजदुरी गर्ने बालबालिकालाई चाडबाड आओस् कि चुनाव



चुनाव नजिकिँदै गएसँगै नेताका पुराना रटानहरू पुनरावृत्ति भइरहेका छन् । उनीहरूको भाषणलाई मात्रै मान्ने हो भने त नेपाल स्वीटजरल्याण्ड बनिसक्यो । जनताले अब आधारभुत आवश्यकताका त कुरै गर्न छाडिसके ।

केही नेता विकासका नक्कली फेहरिस्ता देखाएर भोट माग्न मतदाताको घर आँगनमा देखिन थालिसकेका छन् । नयाँ नेता र दलहरू भने तिनै पुनराना नेतालाई गाली गरेर सहानुभुति बटुलिरहेका छन् । तर, न चरित्र बदलिएको छ न त परिवेश नै ।

यथास्थितिलाई नै मलजल गरिरहेका नेताहरू परिवर्तनको ढोङ फुक्छन् र जनतालाई बन्दी बनाइ रहेका छन् । जसका ज्वलन्त कथाहरू तराइका गल्ली र ग्रामीण बस्तीमा बग्रेल्ती पाइन्छन् ।

यस्तै, प्रतिनिधि उदाहरण हुन् महोत्तरी गौशालाका १२ वर्षीय अभिषेक मुखिया र १४ वर्षीय अर्जुन मण्डल । बर्दिबास नगरपालिकाको चोक र मुख्य बजारमा खाली प्लाष्टिकका बोतल खोज्दै भौतारिने यी दुवै किशोरको साझा समस्या गरिबी हो । तर, परिवेश भने फरक छ ।

गौशाला नगरपालिकास्थित जिरो माइलमा बस्ने यी बालकहरूको दैनिकी फोहोरमा फ्याँकिएको बोतलबाटट सुरू हुन्छ । उनीहरू दिनभरी बर्दिबासमा बोतल टिप्छन् र बेलुका गाडी चढेर गौशाला फर्कन्छन् ।

अभिषेककुमार मुखियाका बाबु उमेशकुमार मुखियाको एउटा हात चल्दैन । आमा शान्ति मुखियाले उमेशलाई छाडेर अर्कैसँग बिहे गरिन् । त्यसपछि अभिषेक नै परिवारको पोषणकर्ता बने ।

अभिषेकको घरमा बिरामी बुबा मात्रै छैनन् । उनको आफ्नै पनि खुट्टाभरी घाउ छ । औलाहरू सुन्निएका छन् । कपडा पुराना भएर च्यातिएका छन् । तर यी हातखुट्टा चलिन्जेल अभिषकलाई आराम गर्ने छुट छैन । आफ्ना चाहना र रहर मारेर बिरामी बुबाको पालनपोषण गरिरहेका छन् ।

औसत बालबालिकाको जस्तै अभिषेकको पनि विद्यालय गएर पढ्ने मन छ । खेल्ने रहर छ । काम गर्नै नपरोस् भन्ने चाहना छ । तर, गरिबी उनको लागि पहाड बनेर उभिएको छ । ‘पढ्न मन त छ तर के गर्ने ? बुबालाई पाल्नु पर्यो!’ उनले भने ।

पढ्ने रहर छ ? भनेर सोध्दा उनी निक्कै निन्याउरो अनुहार लगाएर बसिरहे । प्लाष्टिक थुपारेको ठूलो धोक्रामाथि अडेस लागेर रोइ मात्रै राखे । यो दृश्य देखेपछि नेताहरूका ‘बकम्फुसे’ भाषणको स्मरण गर्यौ । उनीहरूले झुटको खेती गरेर जनताको गरिबीलाई मजाक बनाइरहेको झलझली सम्झियौं ।

अभिषेकले दिनभरी १० देखि १२ केजी प्लाष्टिकका बोतल बटुल्छन् । एक केजीको २५ रूपैयाँ आउँछ । यसबाट उनी तीन सय रुपैयाँ जति कमाउँछन् । त्यही पैसाबाट उनको परिवार चल्छ । अभिषेकले आँशु पुछेर फेरि भने, ‘बुबालाई सरकारले अलिकति पैसाको ब्यवस्था गरिदिए म विद्यालय जान पाउँथेँ की ।’

अर्जुन मण्डलको व्यथा पनि उस्तै छ । अर्जुनको बुबाआमा दुवै छन् । तर, पढाउन सक्ने क्षमता छैन । सामान्य बनिबुतो गरेर बिहान बेलुकीको छाक टार्ने मण्डल परिवारले अर्जुनलाई विद्यालय पठाउन सक्दैन । यद्यपि, अभिषेकको बिरामी बुबाको उपचार र के खुवाउने भन्ने पीर अर्जुनलाई छैन ।

दुवै जना विद्यालय जान नपाएका कारण एकअर्काका सहयात्री बनेका छन् । उनीहरूको हाँस्ने, खेल्ने वा रमाइलो गर्न कुनै समूह छैन । नत साथीसङ्गीको जमात नै छ । तर यी दुई जना एक अर्कोका लागी सबैथोक बनेका छन् ।

दसैं नजिकै आएको छ । बजारको चलपहल बढेको छ, मान्छेहरूको भीडभाड थेगिनसक्नुको छ । आफन्त तथा टाढा भएकाहरू एकै ठाउँमा जमघट हुँदैछन् । तर, अभिषेक र अर्जुनको दुनिया फरक छ ।

चाहे दसैँ होस या चाहे छठ होस । पर्व उनीहरूको लागी आउँछ जान्छ । अर्जुन र अभिषेकले अहिलेसम्म कुनै पनि पर्वको महसुस नै नगरेको बताए । आफ्ना पीडा सुनाएर उनीहरू पुनः गन्तव्यतर्फ लागे ।

यो पनि…
माटोमा हुर्किरहेको एउटा जीवन (फोटो फिचर)
२ लाख ८६ हजार बालबालिका अझै श्रमिक



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।