English

नेपालपछि ‘ऐना झ्यालको पुतली’ विदेशमा प्रदर्शन हुँदै



नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ हलमा चलिरहेको छ । तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको फिल्मले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ ।

देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको छ । नेपालीभाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा चासो देखाएको र यसका प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्ड अधिकार भर्खरै बिक्री भएको छ भने जापानमा फिल्म केही समयअघि नै बिक्री भइसकेको छ ।

निर्माता पौडेलले अस्ट्रेलिया र न्युजिल्यान्डमा फिल्म प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको जानकारी गराएका छन् । दुई देशका लागि १५ लाख हाराहारीमा यसको प्रदर्शन अधिकार बिक्री भएको निर्माता पौडेलले जनाएका छन् ।

यसैगरी, फिल्म साउदी अरब, कोरिया र अमेरिकामा पनि प्रदर्शन हुने तयारीमा रहेको निर्माताले जानकारी गराएका छन् । भर्खरै नेपालबाट ९५औं संस्करणको एकेडेमी अवार्ड (अस्कर) का लागि नेपालबाट सिफारिस भएको फिल्मले नेपालको बक्स अफिसबाट एक करोड हाराहारी ग्रस गरेको छ ।

बुसानको मुख्य प्रतिस्पर्धामा नेपालबाट छनोट हुने पहिलो फिल्मको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित फिल्मले बंगलादेश ढाकाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो । त्योबाहेक फिल्म विदेशका थुप्रै फेस्टिभलमा पनि छानिएको थियो ।

तीन दशक पुरानो परिवेश र समाजलाई कलात्मक तवरले अभिव्यक्त गरेको भन्दै दर्शकबाट धाप पाइरहेको फिल्मलाई आकाश पौडेलसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् । फिल्ममा सिरु विष्टबाहेक नयाँ कलाकारको अभिनय रहेको छ ।

यो पनि…
ओस्कारमा नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस
लेखक–कलाकारबाट ‘ऐना झ्यालको पुतली’लाई प्रशंसाको ओइरो



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested