English

के हो औलो, कसरी बच्ने ?



एनफिलिज जातको पोथी लामखुट्टे अथवा सङ्क्रमित लामखुट्टेको टोकाईबाट औलो सर्छ । यो जातको लामखुट्टेको विकास विशेषगरी पानी जमेको ठाउँमा हुने गर्छ । आज अप्रिल २५ ‘शुन्य औलोको लक्ष्यमा पुग्दैछौं’ भन्ने नाराका साथ संसारभर विश्व औलो दिवस मनाइदैछ । नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो पछिल्लो समय निवारण उन्मुख रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तैपनि औलोको जोखिम भने कायमै छ । यहाँ हामीले औलोका लक्षण र बच्ने उपायका बारेमा चर्चा गरेका छौं ।

औलोका लक्षण

– ज्वरो आउनु
– जाडो अनुभव हुनु
– काम ज्वरो आउनु
– अत्याधिक पसिना आउनु
– टाउको दुख्नु
– बान्ता हुनु
– शरीर दुख्नु

औलोबाट बच्ने उपाय

औलोको शंका लागेमा यसको निदानका लागि रगतको जाँच गर्नुपर्छ । यदि कोहि व्यक्ति औलो संक्रमण क्षेत्रबाट भर्खरै आएको छ र उसलाई ज्वरो आएको छ भने अनिवार्य जाँच गर्नुपर्छ । यो रोगको पहिचान भएपश्चात भने नेपाल सरकारले धरै अघिदेखि निःशुल्क प्रदान गर्दै आएको औषधिको प्रयोग गर्नु पर्ने हुन्छ ।

समयमै निदान भएर उपचार हुने हो भने यो रोग पुर्णरुपमा निको हुन्छ । यो रोग लाग्नबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु नै हो । त्यसका लागि लामखुट्टे वृद्धि विकास हुन नदिन विशेष ध्यान दिनुपर्छ । साथै, यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ ।

– झुल हालेर सुत्ने
– लामखुट्टे भगाउने रसायनको प्रयोग गर्ने
– घर वरपरका पानी जमेका खाल्डाखुल्डी पुर्ने
– लामखुट्टेका लार्भा मार्ने किटनाशक औषधिको प्रयोग गर्ने
– बाहुला भएका कपडा लगाएर बस्ने

(डाक्टर शेर बहादुर पुनसँग गरिएको कुराकानीमा आधारित)



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

Latest










Popular
Suggested