English

सुरु भयो नाडा ईभी एक्स्पो २०२२



नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आजदेखि ‘नाडा इभी एक्स्पो २०२२’ शुरु गरेको छ । नाडाले दसैंलाई मध्यनजर गर्दै काठमाडौँको भृकुटीमण्डपमा एक्स्पो आयोजना गरेको हो ।

नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्टपुर्जाहरू वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको उपस्थितिमा प्रदर्शनी गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको यो एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रूपमा सहभागी भएको छ । एक्स्पोमा विभिन्न कम्पनीका विद्युतीय सवारीसाधनहरू प्रदर्शनीमा राखिएको छ ।

एक्स्पो समितिका सभापति अनुप बरालका अनुसार एक्स्पोमा ५१ वटा स्टल राखिएको छ । जसअनुसार चारपाँग्रे विद्युतीय सवारी साधनको ७, दुईपांग्रेको १६, टायरको ३, ब्याट्रिको २, अटोपार्टस् ५, ग्यारेज उपकरण र वित्तीय निकायसहित २४ वटा स्टल राखिएको छ ।

असोज ९ गतेसम्म चल्ने एक्स्पोमा ४० हजार बढीको उपस्थिती हुने आयोजकको भनाइ छ । उक्त अवधिभर एक्स्पोमै गाडी किन्न र बुक गर्न पाइनेछ । विभिन्न कम्पनीले चाडबाडलाई मध्यनजर गर्दै गाडी, मोटरसाइकल किन्दा नगद छुट अफर राखेका छन् ।

गाडी किन्दा वित्तीय सुविधा पनि एक्स्पोमै उपलब्ध रहेको नाडाले जनाएको छ । त्यस्तै, सडक सुरक्षाका बारे जानकारी दिन एक्स्पोमा ट्राफिक प्रहरीको छुट्टै स्टल राखिएको छ । ईभीसम्बन्धी ज्ञान आदन–प्रदान गर्न ‘नाडा ईभी चौतारी’ सेमिनार सञ्चालन हुने सभापति बरालले बताए । त्यसमा इलेक्ट्रिक गाडीहरूका सम्बन्धमा विद्यमान नीति नियमबारे चर्चा गरिने छ ।

प्रत्येक वर्ष दसैंको मुखमा नाडा अटो शो हुँदै आएको थियो । दुई वर्षदेखि कोभिडका कारण अटो शो हुन नसकेको नाडाले जनाएको छ । एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने सहप्रायोजक शिखर इन्स्योरेन्स रहेको छ । यस्तै डिजिटल पेमेन्ट पार्टर खल्ती एप रहेको छ ।

याे पनि 
असोज ६ देखि नाडा इभि एक्स्पो २०२२
दुई वर्षपछि हुँदै ‘नाडा अटो शो’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।