English

भैरहवामा दसैँ लक्षित सस्तो बजार



दसैँ पर्वको अवसरमा भैरहवामा सस्तो बजार सन्चालन हुने भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेश मै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ ११ देखि १४ असोजसम्म सस्तो बजार सन्चालन हुन लागेको हो ।

सीमावर्ती बजारमा नेपाली जाने उपभोक्तलाई सचेत गराउन, स्वदेशी तथा गुणस्तरीयवस्तु तथा सेवाहरूको उपभोग बढाउन र आउँदै गरेको नेपालीको चाडपर्वमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यले संघले सस्तो बजार आयोजना गर्न लागेको हो ।

उद्योगी, व्यावसायीहरूसँगको सहकार्यमा उपभोक्तालाई सर्वशुलभ रुपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरू बिक्री वितरण गरिने गरी करिब डेढ दर्जन स्टल बजारमा रहने बस्तुगत मेला तथा व्यवसाय प्रवर्द्धन समितिका संयोजक अर्जुन कार्कीले बताए । चार दिनको बजारबाट केहि हदसम्म भए पनि भैरहवा बजारमा आर्थिक गतिविधि बढ्ने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरूको प्रचारप्रसार हुने र आमउपभोक्ताले सर्वशुलभ रुपमा उपभोग्य वस्तु खरिद गर्ने अवसर प्राप्त हुने कार्कीको भनाइ छ ।

दसैँ सस्तो बजारमा साल्ट ट्रेडिङसहित खाद्यन्न, जुत्ताचप्पल, दुई पाङग्रे अटोमोबाइल लगायतका वस्तुको बिक्री तथा प्रदर्शन हुने छ । दसैँ बजारमा ४० देखि ५० लाख रुपैयाँको कारोबार हुने अनुमान संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले गरेका छन् ।

दसैँ र तिहारलगायतका चाडबाडमा भारतीय सीमावर्ती बजार सुनौलीमा नेपालीको घुइचो लाग्ने गर्छ । विदेशीने नेपाली रुपैयाँलाई नेपाली बजारमै रोक्ने संघको उद्देश्य छ । यसले मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने छ, बजारमा स्टलबाट ५ देखि २० प्रतिशतसम्म छुट उपभोक्ताले पाउने अध्यक्ष न्यौपानेले भने ।

दसैँ बजारको सफलताका लागि र उपभोक्ताहरुलाई खरिद गर्न आह्वान गर्दै आ-आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने संघको जोड छ । संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेको अध्यक्षता, कार्यसमिति सदस्य अर्जुन कार्कीको स्वागत तथा महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्य लगायतले सामान किन्न सीमा पारी जाने उपभोक्तालाई निरुत्साहित गर्दै स्वदेशी बजारलाई चलायमान बनाउनुपर्ने बताए ।

२०११ सालमा स्थापित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही स्थापनाकाल देखि नै यस क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध तथा क्रियाशिल रहदै आएको छ । नजिकै सीमा क्षेत्रमा रहेको बजारले भैरहवा क्षेत्रको पसल दशैमा सकेत सुनसान रहेकोले भन्सार क्षेत्रमा कडाई गर्नुपर्ने बताए । कतिपय सामान नेपालमै सस्तो भए पनि यहाँका उद्योगी व्यवसायीले उपभोक्तालाई बुझाउन नसक्दा नेपाली उपभोक्ता बाहिरीने गरेका छन् ।

यो पनि…
फलफूलमा यसरी बन्न सकिन्छ आत्मनिर्भर

खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।