English

राइज मिडियाका निर्देशकद्वय ‘जनसेवाश्री’ बाट सम्मानित



राइज मिडिया नेटवर्कका निर्देशकद्वय निर्मल श्रेष्ठसुनिता दुलाल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । सामाजिक अभियन्ता श्रेष्ठ र लोकदोहोरी गायिका दुलाललाई संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले जनसेवाश्रीबाट विभूषित गरेकी हुन् ।

वि विल राइज फाउण्डेसनका संस्थापक निर्देशक श्रेष्ठ लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छन् । उनी राइज मिडियाका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत समेत हुन् । डेढ दशक लामो समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायिका दुलालका थुप्रै चर्चित गीतहरू छन् । लोक तथा तीज गीतमा विशेष पहिचान बनाएकी उनलाई ‘तीज क्विन’ को उपमा समेत दिइएको छ । वि विल राइज फाउन्डेसनकी निर्देशक समेत रहेकी उनी विभिन्न सामाजिक क्रियाकलापहरूमा समेत उक्तिकै सक्रिय छिन् ।

वि विल राइज २०७२ को महाभूकम्पपछि स्थापना भएको हो । उक्त संस्थाले देश तथा विदेशमा समेत निरन्तर शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यस वर्ष ९९८ जनालाई विभूषण प्रदान गरेकी छन् ।

यो पनि…
राइज मिडियाको दोस्रो पाइला
राइज मिडियाका अध्यक्ष गुरुङ ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested