English

स्क्वड गेममा लियोनार्दो !



गत वर्षको सेप्टेम्बरमा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज दक्षिण कोरियाली सिरिज ‘स्क्विड गेम’ ले विश्वव्यापी रुपमा तहल्का मच्चायो । रिलिज पछि यो सिरिजले राम्रो प्रशंसा पायो । हालै सम्पन्न ‘एमी अवार्ड’ मा पनि सिरिजको दबदबा थियो । यही बीचमा नेटफ्लिक्सले ‘स्क्विड गेम ३’ मा हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो हुन सक्ने संकेत गरेको छ ।

‘एमी अवार्ड २०२२’ को समापन पछि नेटफ्क्लिसले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सिरिजका निर्देशक ह्वांग डोंग ह्युकले यो कुराको संकेत गरेका हुन् । उनलाई पत्रकारहरुले ‘के भविष्यमा कोही हलिउड सुपरस्टार यो सिरिजको हिस्सा बन्न सक्छन् ? भनी सोधेका थिए ।

‘अहिले नै यो कुरा भन्नु हतारो हुनेछ । ‘स्क्विड गेम २’ मा कोही पनि हलिउड स्टार हुने छैनन् । तर, अर्को सिरिजमा भने केही फेरबदल भयो भने हलिउड स्टार लियोनार्दो डिकाप्रियोमाथि विचार गर्न सकिन्छ । किनकि लियोनार्दोले मलाई स्क्विड गेमको ठूलो प्रशंसक भएको बताएका छन् । त्यसकारण यो खेलमा उनलाई सामेल गराउन हामी सक्छौं’, उनले भनेका छन् ।

गत वर्षको ‘एमी अवार्ड’ मा लियोनार्दोले ‘स्क्विड गेम’का अभिनेता तथा एमी विजेता ली जंग जेसँग भेटेका थिए । जुन तस्बिर सामाजिक सञ्जालमा आएको थियो ।

पहिलो सिजनको अपार सफलता पछि निर्माताहरुले फ्यानका लागि दोस्रो सिजन निर्माण गरिरहेका छन् । दोस्रो सिजनको सुटिङ सन् २०२३ मा सुरु हुनेछ । त्यसपछि सन् २०२४ मा दोस्रो सिजन रिलिज हुनेछ ।

यो पनि…
लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले