English

एक सय १० वर्ष पुरानो क्लबमा ऋचाको विवाह पार्टी



कैयौं वर्षसम्मको एकअर्काको डेटपछि बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अलि फजलसँग विवाह गर्दैछन् । उनीहरूले आगामी ६ अक्टोबरमा विवाह गर्दैछन् । उनीहरूको विवाहको तयारी निकै भव्य किसिमले भइरहेको छ ।

उनीहरूको विवाहको कार्यक्रम ३० सेप्टेम्बरबाट सुरु भएर ७ अक्टोबरसम्म चल्नेछ । ऋचाले वेडिङ आउटफिटका लागि पाँच अलग–अलग डिजाइनर छनोट गरेकी छन् । सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामण्डी’ को छायांकनसँगै ऋचाले विवाहको तयारी पनि गरिरहेकी छन् ।

ऋचा र अलिको पाँच अलग अलग वैवाहिक कार्यक्रम हुने भएकाले पाँच डिजाइनर छनोट गरिएको हो । उनीहरूले विवाह पार्टीका लागि भारतमा रहेको सबैभन्दा पुरानो क्लब दिल्ली जिमखाना क्लब छनोट गरेका छन् । यो क्लब एक सय १० वर्ष पुरानो क्लब हो ।

ऋचा र अलि आफ्ना परिवार तथा नजिकका साथीको उपस्थितिमा मुम्बईमा निजी समारोहमा विवाह गर्दैछन् । त्यसपछि उनीहरुले नयाँदिल्ली र मुम्बईमा पार्टी दिनेछन् ।

यो पनि…
लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested