विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै,आज डलरको खरिद दर १२७ रुपैयाँ २२ पैसा र बिक्री दर १२७ रुपैयाँ ८२ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ८८ पैसा र बिक्री दर १२७ रुपैयाँ ४७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ २१ पैसा र बिक्री दर १४६ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, साउदी अरबको रियाल एक को खरिद दर ३३.८४ रुपैयाँ र बिक्रीदर ३४ रुपैयाँ रहेको छ ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात