English

सीमापारिको व्यवसाय फस्टाउँदा खुम्चिँदै नेपाली बजार



दसैं नजिकिँदै गर्दा भारतीय बजार सुनौलीमा नेपालीको भिडभाड देखिन थालेको छ । नेपाली बजारमा भन्दा भारतीय बजारमा खाद्यन्न, लत्ताकपडा सस्तो पाइने भएकाले सीमापारी जाने गरेका छन् ।

सुनौली बजारमा भेटिएकी पाल्पाकी समिता दवाडीले दसैंका लागि कपडा किन्न आएको बताइन् । तर, अघिल्ला वर्षभन्दा यसपटक सुनौलीमा पनि महँगी बढेको उनको अनुभव छ । ‘रुस–युक्रेन युद्धलाई कारण देखाएर भारतीय बजारमा पनि महँगी बढेको रहेछ,’ उनले भनिन् ।

सुनौलीका करिब ६ सय पसलेले चाडपर्वको बेला ठूलो व्यापार गर्ने गरेका छन् । यसबेला उनीहरूको मुख्य ग्रहक नेपाली नै हुने गरेका छन् । भारतको उत्तरप्रदेश, महाराजगञ्ज जिल्लामा पर्ने सुनौली बजारमा प्रायः सबै सामान पाइने भएकाले नेपाली सस्तोको लोभमा सीमापारी दैडिन्छन् । विवाह, व्रतबन्ध र चाडपर्वमा चाहिने चिजबीजदेखि दैनिक उपभोगका वस्तुसम्म किन्न यहाँ नेपालीको ओइरो लाग्छ ।

नेपालीहरू लत्ताकपडा, भाँडाकुडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, खाद्यान्न, तेल, चिनी, बिस्कुट, नमकिन, भुजिया, काजु, किसमिसदेखि कुर्ता–सलवार, साडी, थानका कपडासम्म किन्न सुनौली जान्छन् । साबुन, सेम्पु, कापी–कलम, कस्मेटिकका सामान, तार, बल्ब, साइकल, टायर, ट्युब, पंखा, पानी तान्ने मोटर, टिभी लगायत सामान पनि सुनौलीमा बढी बिक्छन् ।

रोगको डरले होला, आय घटेर पनि होला, महामारीअघि जस्तो नेपाली ग्राहक अहिले छैनन् ।

कोरोना महामारीपछि भने सुनौलीमा नेपालीको चाप केही घटेको छ । ३० वर्षदेखि किराना व्यापार गरिरहहेका इस्तफुर रहमानले सीमाका बजारप्रति दुवैतर्फको सरकारी नीतिले व्यवसाय फैलिन नपाएको बताए । सीमा बजारमा कालो बजारी मात्र हुन्छ भन्ने भ्रमका कारण व्यवसाय बढ्न नसकेको उनको भनाइ छ ।

सीमाको बजार भएकाले नेपालको सबै चाडपर्व आफूहरूलाई लाग्ने उनले बताए । कस्मेटिक्स व्यापारी सुरवीर मेहेताले महामारीपछि व्यापार सुस्ताएको बताए । ‘रोगको डरले होला, आय घटेर पनि होला, महामारीअघि जस्तो नेपाली ग्राहक अहिले छैनन्,’ उनले भने ।

कपडा स्टोर उत्तमश्री कलेक्सनका सञ्चालक नन्द गोपालका अनुसार सुनौली बजारको ९० प्रतिशत ग्राहक नेपाली हुन् । वारी र पारीको मूल्यअन्तरका कारण धेरै नेपाली सुनौली आउने गरेको उनले सुनाए ।

नेपालीहरू रुपन्देही, पश्चिम नवलपरासी, चितवन मात्र नभई अर्घाखाँची, गोरखा, कास्की, बागलुङ, पाल्पा, स्याङ्जा, गुल्मीलगायत पहाडी जिल्लाबाट पनि सामान खरिदका लागि सुनौली आउने गरेको सुनौली कपडा सो रुमका सञ्चालक सञ्जय मोरिले बताए ।

सुनौलीकै कारण भैरहवामा मूल बजारबाहेक अन्यत्र बजार फस्टाउनै सकेको छैन । आर्थिक केन्द्रका रुपमा लम्किरहेको भैरहवालाई सीमापारीको बजार चुनौती भएको व्यवसायी बसिर मोहम्मदले बताए ।

भैरहवाबाट बेलहिया जाने रिक्सा, अटो र बस चल्ने भएकाले सुनौली पुग्न कुनै असुविधा छैन । सुनौलीबाट एक हजार रुपैयाँ बराबरका घरायसी समान लिएर आउँदा भन्सारमा रोकावट गरिँदैन ।

हजार रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सारमा सामान्य प्रज्ञापनपत्र भर्नुपर्ने नियम छ, जसमा कडाइ गरिएको छैन । यसले गर्दा पनि धेरै नेपाली खरिदारीका लागि सुनौली, नौतनवा, रक्सौल पुग्छन् । उनीहरूले दैनिक कति मूल्यका सामान ल्याउँछन् भन्ने पनि यकिन तथ्यांक कसैसँग छैन ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमकार गौचनले घरायसी सामान किनमेलका नाममा सीमापारि जाने नेपाली उपभोक्ताको प्रवृत्ति निरुत्साहित गर्न नसक्दा सीमापारिको व्यवसाय फस्टाउने र नेपाली बजार खुम्चिँदै जान थालेको बताए ।

दैनिक कति संख्याका नेपाली सामान किन्न सुनौली बजार पुग्छन् भन्नेबारे एकिन तथ्यांक नभए पनि चाडपर्वका बेला कम्तीमा दैनिक पाँच हजार ग्राहक पुग्ने र दैनिक पाँच करोड रुपैयाँ खर्चने गरेको नेपाली व्यापारिक संघसंस्थाको अनुमान छ ।

यो पनि…
असोज ६ देखि नाडा इभि एक्स्पो २०२२
एक महिनामा एक अर्ब ३३ करोडभन्दा बढीको विदेशी फलफूल खान्छन् नेपाली



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।