English

चाडपर्वको मुखमा व्यवसायी चिन्तित



कोरोना संक्रमणका कारण व्यापारमा आएको मन्दी संक्रमण कम भएसँगै सुधार हुने अपेक्षा गरेका व्यवसायी ठूला चाडवाड सुरु हुँदा पनि निरास बनेका छन् । कोरोना संक्रमण केही कम भए पनि व्यापारले गति नलगेपछि व्यवयासी निराश बनेका हुन् ।

हिन्दुहरुका ठूला चाड नजिकिंदा व्यवसाय सुधार हुने अपेक्षा गरिएको थियो’ न्यु स्टार फुटवेयरका सञ्चालक जगदीशदत्त जोशीले भने, ‘तर अहिले पनि बजार सुनसान छ, व्यापारले गति नलग्दा व्यापार घाटा बढेको बढ्यै छ ।’

कोरोनाले धेरैको रोजगारी गुम्दा आर्थिक समस्यामा परे’ धनगढी होलसेल व्यवसायी संघका सदस्यसमेत रहेका जोशीले भने, ‘पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मानिसलाई खाद्यान्नको जोहो गर्न मुस्किल भएको छ, यसको प्रत्यक्ष असर व्यापारमा परेको छ ।

कोरोनाका कारण धेरैको रोजगारी गमेका कारण व्यापार मन्दी भएको जोशी बताउँछन् । ‘कोरोनाले धेरैको रोजगारी गुम्दा आर्थिक समस्यामा परे’ धनगढी होलसेल व्यवसायी संघका सदस्यसमेत रहेका जोशीले भने, ‘पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मानिसलाई खाद्यान्नको जोहो गर्न मुस्किल भएको छ, यसको प्रत्यक्ष असर व्यापारमा परेको छ ।’

कोरोना संक्रमणको समयमा समेत राम्रो व्यापार भएको बताउँदै सुनचाँदी व्यवसायी संघ कैलालीका कोषाध्यक्ष प्रेम सेन्चुरीले भने, ‘अहिले त्यो भन्दा पनि व्यापार खस्केको छ, तीजमा व्यापार बढ्ने अपेक्षा गरेका सवै व्यवसायी निराश हुनुपरेको छ ।’ कोरोना संक्रमण सुरु हुनुअघि तीजको समयमा दैनिक तीन(चार तोला सुन व्यापार हुने गरेको उनको स्मरण छ । तर यसपटकको तीजमा दैनिक एक(डेढ तोला सुन पनि नकटेको उनले बताए ।

बैंकले ऋण दिएको छैन, महंगी अकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशा नै छैन ।

‘बैंकले ऋण दिएको छैन,’ सेन्चुरी भन्छन्, ‘महंगी अकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशा नै छैन ।’

कोरोना संक्रमण कम भएपछि व्यापारमा सुधार हुने अपेक्षा गरेका व्यवसायी नारायण पन्थीले हालसम्म नयाँ सामान ल्याउन नसकेको बताए । ‘व्यापार पहिलाभन्दा पनि खस्केको छ’ पन्थीले भने, ‘नयाँ सामान थप्न पैसा उठेकै छैन, बैंकमा जाउँ ऋण पाइँदैन ।’ व्यापार सुस्त बनेपछि गत वर्ष ल्याएका सामानसमेत बेच्न नसकेको उनले बताए ।

‘गत वर्ष ल्याएका लत्तापकडा अहिले पनि बेचिरहेको छु’ उनले भने, चिसोमा लगाउने लुगा पनि गत वर्षकै थन्किएका छन् ।’

बजारसम्म पैसा ल्याउन सरकारले तत्काल बैकलाई ऋण लगानी गर्नु दिनुपर्छ, सरकारको आफ्नो खर्च गर्ने क्षमता पनि बढाउनुपर्ने देखिन्छ ।

किराना व्यवसायीलाई केही सहज भए पनि अन्य व्यवसायीलाई अहिले समस्यामा रहेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर बताउँछन् । दैनिक उपभोग्य वस्तुको व्यापार भइरहने भएका कारण किराना व्यवसायीलाई त्यति अप्ठ्यारो भएको छैन’ अध्यक्ष कुँवरले भने, ‘अन्य क्षेत्रको व्यापार निरासाजनक छ ।’

सरकारले बैंकको ऋण लगानी तत्काल खालेर व्याज घटाउनुपर्ने अध्यक्ष कुँवरको सुझाव छ । बैंकको ब्याजदर चर्को हुँदा धेरै व्यवसायी अहिले व्याज तिर्नसमेत नसक्ने अवस्थामा रहेको उनी बताउँछन् । ‘बजारसम्म पैसा ल्याउन सरकारले तत्काल बैकलाई ऋण लगानी गर्नु दिनुपर्छ,’ अध्यक्ष कुँवरले भने, सरकारको आफ्नो खर्च गर्ने क्षमता पनि बढाउनुपर्ने देखिन्छ ।’ नेपालको अर्थतन्त्र परनिर्भरमुखी हुँदा पनि यस्तो समस्या भएको अध्यक्ष कुँवर बताउँछन् ।

यो पनि…
यस्ता आहारले गराउँछ तनावबाट मुक्त
यी बानीले हुन दिँदैन ‘हार्टअट्याक’



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित