English

‘छिट्टै नेपाल फर्केर ममाथि लागेका सबै आरोपको सामना गर्छु’



नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू चाँडै स्वदेश फर्कने बताएका छन् । हाल सिपिएल खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै चाँडै नेपाल फर्केर आफूमाथि लागेका आरोपको सामना गर्ने बताएका हुन् ।

‘म स्तब्ध छु , नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ ।’ सन्दीपले लेखेका छन् ।

गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो । यसपछी अदालतले बिहिवार मात्रै उनलाई पक्राउ पूर्जी आदेश दिएको छ ।

लामिछानेलाई बिहीबार नै नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानले कप्तानबाट निलम्बन गरिसकेको छ । उनले आफूमाथि आधारहीन आरोप लगाइएको दाबीसमेत गरेका छन् । आफू निर्दोष रहेको उल्लेख गर्दै नेपाली कानुनअनुसार न्यायका लागि लड्ने र त्यसमा आफूलाई सबै पक्षबाट सहयोग हुने अपेक्षासमेत गरेका छन् ।

उनले नेपालको कानुनको सम्मान पनि गर्ने उल्लेख गरेका छन् ।

यो पनि…
सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी
क्यान भन्छ–सन्दीप आरोपित मात्रै हुन्, सहयोग गर्छौं



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested