English

लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी



नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

एक जना १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न उनको नाममा आज काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक जना १७ वर्षीया बालिकाले मंगलबार लामिछानेले गौशालाको एक होटमा लगि आफूलाई बलात्कार गरेको भन्ने उजुरी प्रहरी बृत्त गौशालामा दिएकी थिइन् ।

ती बालिकाको जाहेरीको आधारमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

यो पनि…
सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी
क्यान भन्छ–सन्दीप आरोपित मात्रै हुन्, सहयोग गर्छौं



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested