English

लेखक–कलाकारबाट ‘ऐना झ्यालको पुतली’लाई प्रशंसाको ओइरो



सोमबार प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले ‘ऐना झ्यालको पुतली’ हेरिरहँदा आफ्नै कथा हेरिरहे जस्तो महसुस भएको बताएका छन् । फिल्मको कथा, निर्देशन र कलाकारको प्रशंसा गरेका फिल्मकर्मी तथा साहित्यकारले फिल्मले आफूहरूकै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिएका थिए ।

फिल्मको प्रिमियरमा उपस्थित गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर बनेको बताउँदै यो फिल्म नेपालभरिका स्कुलमा देखाउन आग्रह गरिन् । ‘मैले आजसम्म हेरेका नेपाली फिल्ममध्ये सबैभन्दा सुन्दर लाग्यो । यो फिल्म सबै स्कुलले आफ्ना विद्यार्थीलाई देखाउनु पर्छ । यो फिल्म हाम्रो सामाजिक इतिहासको दस्तावेज हो,’ आनीको भनाइ थियो ।

पहिलोचोटि हेर्दा धित नमरेर दोस्रो पटक फिल्म हेर्न आएका एमाले नेता रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’ नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ रहेको बताए ।

यो नेपाली टेस्टको अर्गानिक कथा हो । यो राम्रा सिनेमाको कोटिमा पर्छ । नेपाली सिनेमा कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि जवाफ हो ।

‘यो नेपाली टेस्टको अर्गानिक कथा हो । यो राम्रा सिनेमाको कोटिमा पर्छ । नेपाली सिनेमा कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि जवाफ हो,’ पन्तले भने । साहित्यकार नयनराज पाण्डेले फिल्मलाई ५ मा ५ रेटिङ दिँदै फिल्म हेर्दा आफूलाई डेढ घन्टा मौन साधना गरेको महसुस भएको प्रतिक्रिया दिए ।

‘कथा भन्ने शैली यति सहज त यसअघि मैले नेपाली सिनेमामा विरलै देखेको थिएँ या सायद देखेकै थिइनँ । यो सिनेमाले पीडाभन्दा पनि तपाई हाम्रो दिमागमा ‘प्रश्न’ उमार्दो रहेछ । सुन्दर स्विटरझैं बुनिएको पटकथा र बुलन्द निर्देशनले यो सिनेमालाई भव्य उचाइ दिएको छ । यो नेपाली सिनेमाको ठूलो प्राप्ति हो’ उनको प्रतिक्रिया थियो ।

नाटक निर्देशक विमल सुवेदीले फिल्मलाई आफ्नो जीवनकालमै हेरेको उत्कृष्ट नेपाली चलचित्रको सूचीमा सदैव रहने बताए । निर्देशक दीपेन्द्र लामाले ‘मुकुण्डो’ र ‘नुमाफुङ’पछि ‘ऐना झ्यालको पुतली’ सन्तुष्टि दिने फिल्म रहेको बताए ।

‘नुमाफुङ’ र ‘मुकुन्डो’पछि अर्थात् झन्डै २० वर्षपछि ‘ऐना झ्यालको पुतली’ मेरो लागि सबैभन्दा बढी सन्तुष्टि दिने नेपाली फिल्म भइदिएको छ । अर्ग्यानिक वा मौलिकताका नाममा बनिरहेका आलाकाँचा सिनेमाहरूको डंगुरमा यो सगरमाथाझैं अग्लो र चम्किलो बनेर आइपुगेको छ । राम्रो फिल्म बनाएको छु भनेर गमक्क परेर बस्ने वर्तमान फिल्मकर्मीहरू सुजित बिडारीहरूबाट विस्थापित हुने दिन टाढा छैन अब । व्यक्तिगत रूपमा भन्नुपर्दा, ‘ऐना झ्यालको पुतली’ हेरेर ईष्र्या नै लागेको छ, उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखेका छन् ।

ऐना झ्यालको पुतली’ हेरेर घर फर्किइ ऐना हेर्दै यसो सम्झिहेरेको– यति धेरै मिहिनेतका साथ बनाएको यति राम्रो अर्को कुनै नेपाली फिल्मको सम्झनै आएन ।

सिनेमा हेरेका दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुत आदिले पनि फिल्ममा आफूलाई नै पाएको बताउँदै ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । स्तम्भकार तथा इतिहासकार सुजित मैनाली भन्छन्, ‘ऐना झ्यालको पुतली’ हेरेर घर फर्किइ ऐना हेर्दै यसो सम्झिहेरेको– यति धेरै मिहिनेतका साथ बनाएको यति राम्रो अर्को कुनै नेपाली फिल्मको सम्झनै आएन ।’

आउँदो शुक्रबार प्रदर्शन हुने तरखरमा रहेको सिनेमामा सुजित बिडारीको लेखन तथा निर्देशन रहेको छ । सिनेमालाई आकाश पौडेल, प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । संखुवासभामा त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको फिल्मले उच्च शिक्षा लिन चाहने किशोरी सपनालाई शिशाको झ्यालमा अड्किएको पुतलीको विम्ब सादृश्य वर्णन गरेको छ ।

यो पनि…
कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार
‘मौका पाए कलाकारले राष्ट्र हाँक्न सक्छन्’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।