धरहरा उद्घाटन समारोहमा जे देखियो (हेर्नुहोस् तस्विर)
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ सालको महाविनाशकारी भूकम्पले ढालेको धरहरा पुनर्निर्माणपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

भूकम्पले भत्काएको धरहरालाई यथावत् अवस्थामा राखेर त्यसको आडैमा नयाँ धरहरा बनाइएको हो । धरहराको नवर्निमाण २०७५ साल कात्तिकमा शुरु भएको थियो । कोरोनाका कारण निर्माणमा केही ढिलाइ भएको थियो ।

नवनिर्मित धरहरा २२ तल्लाको छ । पुरानो धरहरा ९ तल्लाको थियो । धरहराको निर्माण लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ ।








