English

वन कर्मचारीको मिलेमतोमा व्यापक काठ तस्करी



चुरे क्षेत्रमा वन फँडानी तथा तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो पाइएको छ । यहाँका वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरू काठ तस्करी गरिरहेको पाइएको हो ।

सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनबाट रुख फँडानी गरी वनकर्मीको सेटिङमा चुरे फेंदका सहर बन्दीपुर, उतरवाहिनी, बस्तीपुर, मिर्चैया, घुर्मीघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका समिलमा लैजाने गरेको स्थानीय बताउँछन् ।

मिर्चैया नगरपालिका–९ रमपुराको सामुदायिक वनका खैर र सिसौका हजारौ रूख वन कर्मचारीको सेटिङमा फँडानी भएको स्थानीय सन्तोषकुमार यादवले बताए । रुख फँडानी र तस्करी रोक्न मिर्चैया प्रहरीलाई जानकारी गराउँदा बेवास्ता भएको उनको गुनासो छ ।

नियामक निकायकै मिलेमतोमा काठ तस्करी फस्टाएको छ । वन फँडानीबारे जानकारी गराउँदा कर्मचारी सुन्दैनन् । तस्करी भइरहेको जानकारी गराउँदा न वन कर्मचारी वास्ता गर्छन् न प्रहरीले नै । वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरूको ‘सेटिङ’ प्रष्ट हुन्छ ।

‘काठ तस्करी नियन्त्रणमा न वनको सक्रियता छ न प्रहरीकै,’ उनले भने, ‘नियामक निकायकै मिलेमतोमा काठ तस्करी फस्टाएको छ । वन फँडानीबारे जानकारी गराउँदा कर्मचारी सुन्दैनन् । तस्करी भइरहेको जानकारी गराउँदा न वन कर्मचारी वास्ता गर्छन् न प्रहरीले नै । वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरूको ‘सेटिङ’ प्रष्ट हुन्छ ।’

समुदायिक वनबाट फँडानी गरिएको काठ रातको समयमा ट्याक्टरमा लोड गरी प्रहरीको उपस्थिति रहेकै स्थानबाट यहाँका स–मिलहरुमा पुग्दा पनि प्रहरी प्रशासनले चासो देखाउँदैनन् ।

जिल्लाका सव–डिभिजन वन कार्यालयहरू डिभिजन प्रमुखकै आदेशमा कार्यालयमै बसेर काठ तस्करलाई निजी आवादी जग्गाको रुख कटान आदेश दिने गरेका छन् । यही आदेशको आडमा तस्करहरू सामुदायिक वनको रुख कटान गरी स–मिलसम्म निर्धक्क पुर्‍याउने गर्छन् ।

जिल्ला डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्रले केही वन कर्मचारीलाई वनको घुमुवाको रूपमा प्रयोग गरी स–मिलहरुबाट महिनावारी रकम असुली रहेको जोभा प्राकृतिक समुदायिक वनका अध्यक्ष हरि यादवले दाबी गरे । ‘जिल्लाका सव–डिभिजन वन कार्यालयहरू डिभिजन प्रमुखकै आदेशमा कार्यालयमै बसेर काठ तस्करलाई निजी आवादी जग्गाको रुख कटान आदेश दिने गरेका छन् । यही आदेशको आडमा तस्करहरू सामुदायिक वनको रुख कटान गरी स–मिलसम्म निर्धक्क पुर्‍याउने गर्छन् ।’

काठ तस्कर र तस्करीका काठ खरिद गर्ने स–मिल सञ्चालकहरू आ–आफ्नो क्षेत्रका सव–डिभिजन प्रमुखहरूलाई पन्ध्र हजार रुपैयाँ मासिक रकम बुझाउने गरेको बतायो । सव–डिभिजन प्रमुखहरूले एकमुष्ठ रकम डिभिजन प्रमुखलाई बुझाउने गरेको संलग्न बताइन्छ ।

डिभिजन वन कार्यालयको मौन समर्थनका कारण चुरे क्षेत्रमा खयर, कर्मा, साललगायत काँचो रुखको फँडानी व्यापक छ । यहाँ काठ तस्करी संगठित बन्नुमा वन कार्यालयको मौन समर्थन रहेको स्थानीयको भनाइ छ । काठ तस्करहरूले अहिले पनि सिरहाको समुदायिक वन र चुरेक्षेत्रबाट काठ तस्करीलाई दिनदिनै व्यापक बनाउँदै लगेका छन् । सामुदायिक वनमा तस्करहरुले फँडानी गरेको साल, खयर,कर्मालगायतको जातको रुख काटिएका बुट्यान जताततै देखिन्छ ।

यो पनि…
तस्करले सिध्याए बन
वातावरण जोगाउन गाउँले एकजुट, सुख्खापाखा हराभरा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।