English

थप एक सय ४२ जनामा कोरोना संक्रमण



पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११६ एन्टीजेन परिक्षण गर्दा २६ गरी एक सय ४२ जना नयाँ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २३० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८।५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । सोही समयमा तीन हजार ४५० जनाले कोरोना परिक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या २ हजार ५२८ जना रहेका छन् ।

यो पनि…
संक्रमणको चौथो लहरको संकेत
यी १७ स्थानमा कोरोनाको उपचार निःशुल्क



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।