English

२५ वर्षभन्दा कम उमेरकासँग मात्र लियोनार्दोको प्रेम



हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो र उनकी प्रेमिका केमिला मोरोन अलग्गिएका छन् । दुवैले चार वर्षको डेटपछि अलग्गिने निर्णय गरेका हुन् । डिकाप्रियोको डेटिङ विगतलाई हेर्ने हो भने उनका सबै प्रेमिका २५ वर्षभन्दा बढी उमेरका कोही छैनन् ।

४७ वर्षका डिकाप्रियोकी हालको प्रेमिका मोरोन २५ वर्षकी थिइन् । डिकाप्रियोकी पहिलो प्रेमिका गिसेल बडचेन हुन् । उनीसँग डिकाप्रियोको त्यो समयमा ब्रेकअप भयो जुन बेला गिसेलको उमेर २० मात्र थियो ।

अर्की प्रेमिका बार रेफेलीले २२ वर्षको उमेरमा डिकाप्रियोसँग प्रेम गरिन् । तर, एक वर्ष पुग्न नपाउँदै उनीहरुको ब्रेकअप भयो । त्यस्तै ब्ल्याक लिवलीको अवस्था उस्तै छ । २० वर्षको उमेरमा डिकाप्रियोसँग डेट गरेकी उनले २१ वर्षमै ब्रेकअप गरिन् ।

एरिन हेदरटन पनि डिकाप्रियोकी प्रेमिका थिइन् । डिकाप्रियोसँग उनको ब्रेकअप हुँदा उनी २४ वर्षकी थिइन् । टोनी गर्न २३ वर्षकी मात्र थिइन्, जुन समयमा उनले डिकाप्रियोसँगको सम्बन्ध तोडिन् ।

केली रोरबाकसँग डिकाप्रियोको ब्रेकअप केली २५ वर्षको उमेरमा हुँदा भएको थियो । डिकाप्रियोको अर्की प्रेमिका नीना अगडल थिइन् । जो उनकी ७ औं प्रेमिका थिइन् । उनको पनि २४ वर्षको उमेरमै ब्रेकअप भयो ।

यो पनि…
लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले